२०८२, १४ कार्तिक बिहीबार

अराजकता र उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक : मन्त्री गुरुङ

अराजकता र उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक : मन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया क्षेत्रमा भएको अराजकता, उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक महत्वपूर्ण रहेको बताएका छन् ।

आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफलमा उनले मिडिया क्षेत्रको अराजकतालाई नियमन गर्न र पत्रकारहरुको आचारसंहिता निर्माण गर्न विधेयक आएको भन्दै यसलाई कार्यान्वयनमा ल्याउन सके धेरै समस्याको समाधान हुने बताए ।

उनले भने, ‘यो विधेयक आजपनि एकदमै धेरै जरुरी छ, किनभने यो क्षेत्रमा जुन खालको अराजकता, उश्रृंखलता र अस्तव्यस्तता देखिएको छ त्यसलाई नियमन र स्वनियमन गर्नको लागि पत्रकारहरुको आचारसंहिता निर्माण गर्ने विधेयकको रुपमा विधेयक आएको छ । त्यसकारण समितिबाट यसलाई छिटै छलफल गरेर फैसला गरेर कार्यान्वयनमा ल्याउन सक्यो भने धेरै समस्याको समाधान हुन्छ ।’

यस्तै, उनले प्रेस काउन्सिल विधेयक २०४८ ले आजको चुनौती र समस्याहरुको समाधान गर्न नसक्ने भएको हुनाले बोर्डकास्टिङ, प्रिन्टिङ र अनलाइन तीन वटै मिडियालाई व्यवस्थापन गर्नको लागि मिडिया काउन्सिल विधेयक अगाडि सारेको बताए ।

उनले भने, ‘प्रेस काउन्सिल विधेयक हुँदाहुँदै मिडिया काउन्सिल विधेयक किन ल्याउनु पर्यो भन्ने कुरामा जुन बेला प्रेस काउन्सिल विधेयक २०४८ बनाउँदै थियौं, त्यो बेला अनलाइन मिडियाको प्रवेश नै भएको थिएन् । त्यसकारण बोर्डकास्टिङ र प्रिन्टिङ् मिडियाको मात्र समस्याहरु हेर्ने र त्यसको व्यवस्थापन गर्नको लागि बनेको प्रेस काउन्सिल विधेयकले चुनौती र समस्याहरुको समाधान गर्न नसक्ने भएको हुनाले र नयाँ संरचना पनि चाहिने भएकाले बोर्डकास्टिङ, प्रिन्टिङ र अनलाइन तीनवटै मिडियालाई व्यवस्थापन गर्नको लागि मिडिया काउन्सिल विधेयक अगाडि सारेका हौं ।’

धेरै छलफल पश्चात केही संशोधनसहित राष्ट्रिय सभाबाट विधेयक पास भएको भन्दै स्वनियमन प्रवद्र्धन गर्नको लागि ऐन आवश्यक रहेको पनि उनको भनाइ छ ।

साथै, उनले प्रस्तावित कानूनमा काउन्सिलको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धी, पत्रकार आचारसंहिता, आचारसंहिताको पालना, अनुगमन तथा कारबाही सम्बन्धी व्यवस्था पनि गरेको पनि बताए ।

प्रकाशित मिति : २०८२, ४ श्रावण आईतबार  ८ : २५ बजे

सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ वार्षिकोत्सव: उत्कृष्ट सेवा र मजबुत वृद्धि

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आज आफ्नो २१औँ वार्षिकोत्सव भव्यताका

नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगे रेशम चौधरी, एउटै पोशाकमा नेताहरू उपस्थित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक नेता रेशम

भैरवामा आन्दोलनकै क्रममा जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

भैरवा। नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीका कारण उद्योगहरूले श्रमिकहरूलाई

६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता, दक्षिण कोरियामा द्विपक्षीय वार्ता सुरु

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ।