२०८३, ३० असार बुधबार

अराजकता र उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक : मन्त्री गुरुङ

अराजकता र उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक : मन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया क्षेत्रमा भएको अराजकता, उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक महत्वपूर्ण रहेको बताएका छन् ।

आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफलमा उनले मिडिया क्षेत्रको अराजकतालाई नियमन गर्न र पत्रकारहरुको आचारसंहिता निर्माण गर्न विधेयक आएको भन्दै यसलाई कार्यान्वयनमा ल्याउन सके धेरै समस्याको समाधान हुने बताए ।

उनले भने, ‘यो विधेयक आजपनि एकदमै धेरै जरुरी छ, किनभने यो क्षेत्रमा जुन खालको अराजकता, उश्रृंखलता र अस्तव्यस्तता देखिएको छ त्यसलाई नियमन र स्वनियमन गर्नको लागि पत्रकारहरुको आचारसंहिता निर्माण गर्ने विधेयकको रुपमा विधेयक आएको छ । त्यसकारण समितिबाट यसलाई छिटै छलफल गरेर फैसला गरेर कार्यान्वयनमा ल्याउन सक्यो भने धेरै समस्याको समाधान हुन्छ ।’

यस्तै, उनले प्रेस काउन्सिल विधेयक २०४८ ले आजको चुनौती र समस्याहरुको समाधान गर्न नसक्ने भएको हुनाले बोर्डकास्टिङ, प्रिन्टिङ र अनलाइन तीन वटै मिडियालाई व्यवस्थापन गर्नको लागि मिडिया काउन्सिल विधेयक अगाडि सारेको बताए ।

उनले भने, ‘प्रेस काउन्सिल विधेयक हुँदाहुँदै मिडिया काउन्सिल विधेयक किन ल्याउनु पर्यो भन्ने कुरामा जुन बेला प्रेस काउन्सिल विधेयक २०४८ बनाउँदै थियौं, त्यो बेला अनलाइन मिडियाको प्रवेश नै भएको थिएन् । त्यसकारण बोर्डकास्टिङ र प्रिन्टिङ् मिडियाको मात्र समस्याहरु हेर्ने र त्यसको व्यवस्थापन गर्नको लागि बनेको प्रेस काउन्सिल विधेयकले चुनौती र समस्याहरुको समाधान गर्न नसक्ने भएको हुनाले र नयाँ संरचना पनि चाहिने भएकाले बोर्डकास्टिङ, प्रिन्टिङ र अनलाइन तीनवटै मिडियालाई व्यवस्थापन गर्नको लागि मिडिया काउन्सिल विधेयक अगाडि सारेका हौं ।’

धेरै छलफल पश्चात केही संशोधनसहित राष्ट्रिय सभाबाट विधेयक पास भएको भन्दै स्वनियमन प्रवद्र्धन गर्नको लागि ऐन आवश्यक रहेको पनि उनको भनाइ छ ।

साथै, उनले प्रस्तावित कानूनमा काउन्सिलको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धी, पत्रकार आचारसंहिता, आचारसंहिताको पालना, अनुगमन तथा कारबाही सम्बन्धी व्यवस्था पनि गरेको पनि बताए ।

प्रकाशित मिति : २०८२, ४ श्रावण आईतबार  ८ : २५ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै