२०८२, २८ भाद्र शनिबार

राष्ट्रिय राजनीतिमै कुराकानी भयो, अन्य कुरा आधिकारिक च्यानलबाट आउँछ : भण्डारी

राष्ट्रिय राजनीतिमै कुराकानी भयो, अन्य कुरा आधिकारिक च्यानलबाट आउँछ : भण्डारी


काठमाडौं ।  प्रधानमन्त्री एंव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको वान टु वान भेटवार्ता सकिएको छ । आइतबार च्यासल पार्टी कार्यालयमा भएको भेटवार्ता सकिएको हो ।

उक्त भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको बताइन् । साथै उनले राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भएको र अरू विषयको जानकारी आधिकारिक च्यानलमार्फत आउने जिकिर गरिन् । उनले भनिन्, ‘त्यो पुरानो कुरा हो । पार्टी सदस्यता पहिले नै भइसकेको छ । आज राष्ट्रिय राजनीतिक विषयमा मात्र कुराकानी भयो अरु विषय आधिकारिक च्यानलबाट आउँछ ।’ भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि एमालेको आन्तरिक राजनीति तरंगित बनेको छ ।

हालै सम्पन्न एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा भण्डारीको सदस्यता नवीकरणको विषयले बहस निम्त्याएको थियो ।

प्रकाशित मिति : २०८२, ४ श्रावण आईतबार  ८ : २१ बजे

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान

पर्यटकीय हब ठमेल : चाडपर्वको सिजनमै आन्दोलनको छायाँ

काठमाडौं । सँधै चाडपर्वको मुखमा पर्यटक र स्थानीयले भरिभराउ हुने

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका