२०८२, १६ पुस बुधबार

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने


काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ । उपाध्यक्ष बिष्णु पौडेल नेतृत्वको समितिले बरिष्ठ उपाध्यक्ष पद हटाएर पदाधिकारी संख्यामा भारी कटौतीको प्रस्ताव राखेपछि सचिवालय बैठकमा गरामगरम बहश भएको हो ।

एमालेले आज विधान संशोधन प्रस्ताव र पूर्वराष्ट्रपति विद्या भण्डारीलाई जिम्मेवारी दिनेलगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको थियो । सो बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी रहेको छ । बैठकमा १९ सदस्यीय पार्टी पदाधिकारी घटाएर ११ सदस्यीय कायम गर्ने प्रस्ताव पेश भएको छ । उपाध्यक्ष पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उक्त व्यवस्था गरिएको हो ।

एमालेमा अहिले वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी रहेका छन । सो ब्यवस्था हटाएर अध्यक्षसहित तीन उपाध्यक्ष, एक महासचिव, उपमहासचिव एक र पाँच सचिवको ब्यवस्था गर्न प्रस्ताव गरिएको छ । यस्तै केन्द्रीय सदस्यको आकारमा भारी कटौती गरी १९९ सदस्यीय रहने संशोधित विधान प्रस्तावमा उल्लेख छ ।

यस्तै विधान संशोधन प्रस्तावमा ७० वर्षको उमेर हद र २ कार्यकालको व्यवस्था हटाइएको छ । १० औं सौराहा महाधिवेशनले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्याएको थियो । यो बीचमा मनोनीत भएका समेत गर्दा अझ बढेको छ ।

प्रस्तावित बिधानमा पदाधिकारी संख्यामा भारी कटौती भएपछि कतिपय नेताको व्यवस्थापनमा जटिलता हुने भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका केही नेताहरुले असहमति जाउनु भएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०८२, २ श्रावण शुक्रबार  ८ : २६ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो