२०८३, १९ आश्विन मंगलबार

देउडा खेलेर मुगुमा मनाइयो साउने संक्रान्ति

देउडा खेलेर मुगुमा मनाइयो साउने संक्रान्ति


मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा स्थानीयले देउडा कार्यक्रम आयोजना गरेर  देउडा मार्फत  साउने संक्रान्ति मनाएका छन् ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर –२ र माझपातल सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा सदरमुकामको शिरमा रहेको  बाजथला हरियाली पार्कमा देउडा संरक्षण गर्दै नगरबासिले देउडा खेलेर साउने संक्रान्ति मनाएका हुन् ।

संक्रान्तिकै अवसरमा बिहीबार छायाँनाथ रारा नगरपालिका भित्र रहेका १ वडा देखि १४ वटै वडाका भित्र बस्ने  महिला देउडा  टिमबीच देउडा प्रतियोगिता आयोजना गरिएको थियो ।

त्यसैगरी, महिला र पुरुषबीच पनि हिजोआज देशमा चलिरहेको राजनीति , र जिल्लामा रहेका रितिरिवाज, धर्म ,भेषभूषा,लोपमुलक रैथाने बालिको संरक्षण बारे रोचक देउडा खेल भएको थियो।

यसैगरी  पार्क वरिपरि हरियालि बनाउनको लागि १सय भन्दा बढी बिरुवा रोपेका छन् , पर्यटन प्रर्वद्धन विकासमा टेवा पुगोस् भन्ने हिसावले यहाँ पार्क निर्माण गरि छायाँनाथ रारा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष परेकराज चौलागाईंले बताए ।

प्रकाशित मिति : २०८२, २ श्रावण शुक्रबार  ८ : ०९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि