२०८३, १५ असार मंगलबार

मौसम अपडेट : चार प्रदेशमा अत्यधिक वर्षा हुने सम्भावना

मौसम अपडेट : चार प्रदेशमा अत्यधिक वर्षा हुने सम्भावना


काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरीको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२, २ श्रावण शुक्रबार  ७ : ५० बजे

नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दीपेन्द्र दाहाल चयन

काठमाडौं । नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दीपेन्द्र दाहाल चयन

जर्मनीको अप्रत्याशित बहिर्गमनसँगै विश्वकपका ऐतिहासिक उलटफेर फेरि चर्चामा

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपमा चार पटकको विश्वविजेता

जिल्लामै गुनासो समाधान गर्न गृहको निर्देशन, होटलको खानामा देशव्यापी अनुगमन हुने

काठमाडौं । गृह मन्त्रालयले नागरिकका दैनिक गुनासो जिल्ला तहबाटै समाधान

ओलीको प्रहार: ‘हिंसा, आगजनी र लुटपाटलाई कानुनी संरक्षण दिँदै सरकार अराजकताको संरक्षक बन्यो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि

हुलाक सेवा निजी क्षेत्रसँग साझेदारीमा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक