२०८३, १५ असार मंगलबार

अडिओ काण्डमा मन्त्री बलराम अधिकारीको प्रष्टीकरण : “मेरो स्वर हो भने सजाय भोग्न तयार छु”

अडिओ काण्डमा मन्त्री बलराम अधिकारीको प्रष्टीकरण : “मेरो स्वर हो भने सजाय भोग्न तयार छु”


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ३२ लाख घुस लिएको आरोपसँग जोडिएको अडिओ काण्डमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनले उक्त अडिओलाई चरित्र हत्या गर्ने नियोजित प्रयास भएको बताउँदै, यदि अडिओमा आफूले बोलेको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको घोषणा गरेका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले “स्वार्थ समूहहरूले मेरो र मेरो परिवारको नाम जोडेर षड्यन्त्र गरिरहेका छन्” भन्ने आरोप लगाए। उनले भने, “मेरो आवाज हो भन्ने प्रमाणसहित अडिओ आयो भने, म कानुनी रूपमा जुनसुकै सजाय स्वीकार गर्न तयार छु।”

अधिकारीले अडिओमा उल्लेख भएका व्यक्ति र संवादहरू आफूसँग र मन्त्रालयसँग पूर्ण रूपमा असम्बन्ध रहेको दाबी गरे। “मन्त्री भएर मात्रै होइन, मेरो छोरालाई समेत यो प्रकरणमा जोडियो, जबकि उसले ती व्यक्तिसँग भेट नै गरेको छैन,” मन्त्री अधिकारीले भने। उनले सरूवा प्रक्रियालाई नियमित र प्राविधिक प्रक्रिया भएको उल्लेख गर्दै यसमा मन्त्रीको प्रत्यक्ष संलग्नता नहुने जिकिर गरे। “छानबिन हुन्छ भने म पूर्ण रूपमा सहयोग गर्न तयार छु,” उनको भनाइ थियो। मन्त्री अधिकारीले सञ्चारकर्मीहरूलाई अफवाह र अपुष्ट विवरणमा आधारित समाचार नगर्न आग्रह गर्दै भने, “मेरो बारेमा समाचार लेख्दा सोधपुछ गरेर मात्र लेख्नुस्। तथ्य नपुगी लेखिएको सामग्रीले व्यक्तिको इज्जत र जीवन दुवैमा असर गर्छ।”

प्रकाशित मिति : २०८२, १ श्रावण बिहीबार  ४ : ४९ बजे

नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दीपेन्द्र दाहाल चयन

काठमाडौं । नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दीपेन्द्र दाहाल चयन

जर्मनीको अप्रत्याशित बहिर्गमनसँगै विश्वकपका ऐतिहासिक उलटफेर फेरि चर्चामा

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपमा चार पटकको विश्वविजेता

जिल्लामै गुनासो समाधान गर्न गृहको निर्देशन, होटलको खानामा देशव्यापी अनुगमन हुने

काठमाडौं । गृह मन्त्रालयले नागरिकका दैनिक गुनासो जिल्ला तहबाटै समाधान

ओलीको प्रहार: ‘हिंसा, आगजनी र लुटपाटलाई कानुनी संरक्षण दिँदै सरकार अराजकताको संरक्षक बन्यो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि

हुलाक सेवा निजी क्षेत्रसँग साझेदारीमा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक