२०८३, २९ असार मंगलबार

ओली नेतृत्वको सरकारको एक वर्ष: प्रधानमन्त्रीद्वारा नतिजामुखी अभ्यासको सुरुवात भएको दाबी

ओली नेतृत्वको सरकारको एक वर्ष: प्रधानमन्त्रीद्वारा नतिजामुखी अभ्यासको सुरुवात भएको दाबी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा गठन भएको सरकारको एक वर्ष पूरा भएको अवसरमा सरकारको काम, उपलब्धि र भावी योजनाबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक टिप्पणी गरेका छन्।

सोमबार बिहान आफ्नै आधिकारिक फेसबुकमार्फत प्रधानमन्त्री ओलीले आर्थिक सूचकाङ्कहरू सकारात्मक दिशातर्फ गइरहेका छन् भन्दै देशको समग्र आर्थिक र विकास प्रक्रियामा नयाँ गतिशीलता आएको दाबी गरेका हुन् । उहाँका अनुसार राष्ट्रिय गौरवका आयोजनाहरूमा कामको गति बढेको छ र अब सरकार टाइमलाइन तोकेर नतिजा खोज्ने दिशामा अघि बढेको छ।

“हामी सरकारमा आएको एक वर्ष पुग्दै छ, यसबीचमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ,” ओलीले भनेका छन्, “टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ ।”

प्रधानमन्त्रीले प्रशासनिक सुधार र सेवा प्रवाहमा भएको प्रगति उल्लेख गर्दै नागरिकलाई सरल, छरितो र प्रविधिमैत्री सेवामा पहुँच पुर्‍याउन महत्वपूर्ण कानुनी सुधारहरू गरिएको जानकारी दिएका छन्। उहाँले भनिरहेका छन्, “नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरू संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन, अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ।”

उहाँले देशको वर्तमान अवस्था अझै चुनौतीपूर्ण रहेको र सरकारका सामु धेरै जिम्मेवारी बाँकी रहेको स्वीकार्दै, बाँकी कार्यहरूमा सरकार पूर्णतः केन्द्रित रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीको भनाइले सरकार एक वर्षको कार्यकालमा पूर्वाधार विकास, सुशासन, प्रविधिको प्रयोग र सेवा वितरण सुधारतर्फ केन्द्रित रहेको सन्देश दिन खोजेको देखिन्छ। तथापि, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी न्यूनीकरण, तथा समावेशीताका सवालहरूमा आम जनअपेक्षा अझै उच्च नै रहेको विश्लेषकहरूको बुझाइ छ।

यस सन्दर्भमा ओली नेतृत्वको सरकारको आगामी रणनीति र कार्यसम्पादनले सरकारको प्रभावकारिता र जनसमर्थन कति कायम रहन्छ भन्ने प्रश्नले थप चासो पाउने निश्चित छ।

प्रकाशित मिति : २०८२, ३० असार सोमबार  २ : ५२ बजे

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’

काठमाडौं। स्पेनका युवा सनसनी लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा

पहिरो पन्छाउने काम जारी, वैकल्पिक मार्गबाट काठमाडौँतर्फ सवारी सञ्चालन

काठमाडौं । अविरल वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडक

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान

काठमाडौं । आत्मदाहको प्रयास गरेका सर्लाहीका ३४ वर्षीय विवेक मण्डलको