२०८३, १३ असार आईतबार

स्पेन भ्रमण प्रकरणमा गृहमन्त्रीको निर्देशन : प्रतिनिधिमण्डलबाहेकको सहभागीमाथि छानबिन हुने

स्पेन भ्रमण प्रकरणमा गृहमन्त्रीको निर्देशन : प्रतिनिधिमण्डलबाहेकको सहभागीमाथि छानबिन हुने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अन्य व्यक्तिहरू पनि गएका भन्ने सार्वजनिक आरोपपछि सरकारले औपचारिक छानबिन प्रक्रिया थालेको छ। गृहमन्त्री रमेश लेखकले गम्भीर ढंगले छानबिन गर्न सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबाहेक अन्य को–को, कुन प्रक्रियामार्फत र कुन संस्था मार्फत स्पेन पुगे भन्नेबारे छानबिन गर्न निर्देशन दिँदै भने, “जानका लागि भिजिट भिसाको प्रबन्ध कसले गर्‍यो? कुन निकाय संलग्न थियो? भन्नेबारे गहिरो अनुसन्धान हुनेछ ।”

छानबिन कार्यका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई परिचालन गरिने भएको छ। मन्त्री लेखकले दोषी पाइएको अवस्थामा कसैलाई नछाडिने स्पष्ट पार्दै भने, “यस विषयमा दोषी देखिएकाहरूलाई कानुनी कारबाही गरिनेछ ।”

प्रधानमन्त्री ओली असार १४ गते स्पेनको भ्रमणमा गएका थिए। त्यसपछि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सरकारी टोलीसँगै गैर–सरकारी व्यक्तिहरू समेत भिजिट भिसामा स्पेन गएका हुन् कि भन्ने आशंका सार्वजनिक भएको थियो ।

यस प्रकरणले डिप्लोमेटिक भ्रमणको पारदर्शिता, भिसा प्रक्रिया र सम्भावित मानव तस्करी सम्बन्धी बहसलाई फेरि एकपटक चर्काएको छ। गृहमन्त्रालयको यो छानबिनले भ्रमणसँग जोडिएका यथार्थ तथ्यहरू उजागर हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२, ३० असार सोमबार  २ : ३४ बजे

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य