२०८३, ७ कार्तिक शनिबार

डब्ल्यूएचओ क्षेत्रीय प्रमुख साइम वाजेद बिदामा, ठगी आरोपपछि बोहमे कार्यवाहक

डब्ल्यूएचओ क्षेत्रीय प्रमुख साइम वाजेद बिदामा, ठगी आरोपपछि बोहमे कार्यवाहक


काठमाडौं । ठगी, जालसाजी र शक्तिको दुरुपयोगको आरोपमा परेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमुख साइम वाजेद बिदामा बसेकी छन्। डब्ल्यूएचओले वाजेदको स्थानमा जेनेभास्थित सहायक महानिर्देशक क्याथरिना बोहमेलाई कार्यवाहक प्रमुखको रूपमा नियुक्त गरेको छ।

वाजेद बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्। उनी सन् २०२३ मा भएको प्रतिस्पर्धामा नेपालका डा. शम्भु प्रसाद आचार्यलाई पराजित गर्दै डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाली क्षेत्रीय प्रमुख बनेकी थिइन्। डब्ल्यूएचओ महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले गत हप्ता कर्मचारीहरूलाई पठाएको इमेलमार्फत वाजेद बिदामा रहेको जानकारी गराएका थिए। फाइनान्सियल टाइम्सका अनुसार, संगठनले सदस्य राष्ट्रहरूलाई औपचारिक रूपमा जानकारी गराइसकेको छ।

वाजेदले नयाँ दिल्लीस्थित डब्ल्यूएचओको क्षेत्रीय कार्यालयको नेतृत्व गर्दै आएकी थिइन्। तर बंगलादेशमा उनकी आमाको सत्ता पतनपछि उनी विवादमा परेकी हुन्। सन् २०२४ को मार्चमा बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले वाजेदमाथि ठगी, जालसाजी र पदको दुरुपयोग गरेको आरोप लगाउँदै अनुसन्धान अघि बढाएको थियो।

बंगलादेशी आयोगले हालै डब्ल्यूएचओलाई पत्र लेख्दै वाजेदलाई अदालतमा उपस्थित गराउन र अन्तर्राष्ट्रिय कानुनअनुसार कारबाही गर्न आग्रह गरेको थियो। त्यसपछिको दबाबमा डब्ल्यूएचओले उनलाई बिदामा राखी बोहमेको अस्थायी नियुक्ति गरेको बताइएको छ।

वाजेद भारतमा रहेका कारण उनी फर्किएपछि गिरफ्तारीको सम्भावना रहेको बंगलादेशी अधिकारीहरूले बताएका छन्।

यो घटनाले डब्ल्यूएचओजस्तो विश्वस्त स्वास्थ्य संस्था भित्रको नेतृत्व चयन, पारदर्शिता र जवाफदेहितामा गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति : २०८२, ३० असार सोमबार  २ : २२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना