२०८२, १८ मंसिर बिहीबार

रास्वपा र राप्रपाको संसद बहिष्कार, सरकारप्रति गम्भीर आरोप

रास्वपा र राप्रपाको संसद बहिष्कार, सरकारप्रति गम्भीर आरोप


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । सरकार भिजिट भिसा प्रकरण, मानव तस्करी तथा भ्रष्टाचारमा संलग्न मन्त्रीहरूलाई जोगाउन लागि परेको भन्दै दुवै दलका सांसदहरूले संसदमा आक्रोश पोखेका हुन् ।

बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरू आ–आफ्नो सिटबाट उठेर विरोधमा उभिए। सभामुख देवराज घिमिरेले बोल्न अनुमति दिएपछि रास्वपाका सांसद अशोक कुमार चौधरीले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीबारे सरकार बेपरवाह रहेको आरोप लगाए ।

“४७ दिनदेखि हामीले आवाज उठाइरहेका छौँ, तर सरकार मौन छ,” चौधरीले भने, “स्पेन घटनाले देखायो कि यो काण्ड कति गम्भीर छ। घुसको डिल गर्ने र मानव तस्करीमा संलग्न मन्त्रीहरूलाई प्रधानमन्त्री आफैंले जोगाइरहेका छन् ।” उनले त्यस्ता मन्त्रीहरूलाई तत्काल कारबाही गर्न माग गरे ।

उनपछि राप्रपाका सांसद राजेन्द्र लिङ्देनले मन्तव्य राख्दै मानव तस्करी र भ्रष्टाचार सरकारको संरक्षकत्वमा भइरहेको दाबी गरे। “यस्तो अपराध सरकारको संरक्षणबिना सम्भव छैन,” लिङ्देनले भने, “सुशासन आयोग खै? सरकार किन मौन छ?”

लिङ्देनले विपक्षी दलहरूबाट उठाइएका गम्भीर मुद्दाहरूको गलत व्याख्या नगर्न पनि चेतावनी दिए । मन्तव्यपछि दुवै पार्टीका सांसदहरूले सभामुखले विरोधकै बीच संसद चलाएको भन्दै बैठक बहिष्कार गर्दै बाहिरिए ।

रास्वपा र राप्रपाले भिजिट भिसा काण्डको गम्भीर छानबिन गर्न, दोषीमाथि कडा कारबाही गर्न र सरकारको भूमिकाको स्पष्ट जवाफ दिन माग गर्दै संसदमा दबाबमूलक रणनीति अपनाइरहेका छन् ।

Ask ChatGPT

प्रकाशित मिति : २०८२, ३० असार सोमबार  १ : ५२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको