२०८३, ३ भाद्र बिहीबार

रास्वपा र राप्रपाको संसद बहिष्कार, सरकारप्रति गम्भीर आरोप

रास्वपा र राप्रपाको संसद बहिष्कार, सरकारप्रति गम्भीर आरोप


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । सरकार भिजिट भिसा प्रकरण, मानव तस्करी तथा भ्रष्टाचारमा संलग्न मन्त्रीहरूलाई जोगाउन लागि परेको भन्दै दुवै दलका सांसदहरूले संसदमा आक्रोश पोखेका हुन् ।

बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरू आ–आफ्नो सिटबाट उठेर विरोधमा उभिए। सभामुख देवराज घिमिरेले बोल्न अनुमति दिएपछि रास्वपाका सांसद अशोक कुमार चौधरीले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीबारे सरकार बेपरवाह रहेको आरोप लगाए ।

“४७ दिनदेखि हामीले आवाज उठाइरहेका छौँ, तर सरकार मौन छ,” चौधरीले भने, “स्पेन घटनाले देखायो कि यो काण्ड कति गम्भीर छ। घुसको डिल गर्ने र मानव तस्करीमा संलग्न मन्त्रीहरूलाई प्रधानमन्त्री आफैंले जोगाइरहेका छन् ।” उनले त्यस्ता मन्त्रीहरूलाई तत्काल कारबाही गर्न माग गरे ।

उनपछि राप्रपाका सांसद राजेन्द्र लिङ्देनले मन्तव्य राख्दै मानव तस्करी र भ्रष्टाचार सरकारको संरक्षकत्वमा भइरहेको दाबी गरे। “यस्तो अपराध सरकारको संरक्षणबिना सम्भव छैन,” लिङ्देनले भने, “सुशासन आयोग खै? सरकार किन मौन छ?”

लिङ्देनले विपक्षी दलहरूबाट उठाइएका गम्भीर मुद्दाहरूको गलत व्याख्या नगर्न पनि चेतावनी दिए । मन्तव्यपछि दुवै पार्टीका सांसदहरूले सभामुखले विरोधकै बीच संसद चलाएको भन्दै बैठक बहिष्कार गर्दै बाहिरिए ।

रास्वपा र राप्रपाले भिजिट भिसा काण्डको गम्भीर छानबिन गर्न, दोषीमाथि कडा कारबाही गर्न र सरकारको भूमिकाको स्पष्ट जवाफ दिन माग गर्दै संसदमा दबाबमूलक रणनीति अपनाइरहेका छन् ।

Ask ChatGPT

प्रकाशित मिति : २०८२, ३० असार सोमबार  १ : ५२ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश