२०८२, २१ श्रावण बुधबार

सुनसरीमा भिनाजुद्वारा सालीको गोली हानी हत्या, अभियुक्त फरार

सुनसरीमा भिनाजुद्वारा सालीको गोली हानी हत्या, अभियुक्त फरार


सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा सोमबार बिहान एक युवतीको आफ्नै भिनाजुले गोली हानी हत्या गरेका छन्। बिहान करिब २ः३० बजे १८ वर्षीया अरसी खातुनको गोली प्रहारबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार, पीडित अरसी खातुनलाई भारतको बिहारस्थित पत्रहा पंचायत–१६ घुर्नाका २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरेका थिए। मृतक अरसी, हरिनगर–६ निवासी गफार मियाँकी छोरी हुन्।

घटनापछि अभियुक्त अजाद मियाँ फरार छन्। उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका सबै इकाइबाट व्यापक प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी घुस्कीहाटबाट करिब २ किलोमिटर पूर्व(दक्षिणमा पर्छ। प्रहरीका अनुसार घटनास्थलबाट सानो हतियारमा प्रयोग हुने एकवटा नफुटेको गोलीसमेत फेला परेको छ।

हत्या सम्बन्धी सूचना बिहान ३ः४५ बजे जिल्ला प्रहरी कार्यालयमा पुगेको थियो। शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। हत्या किन गरिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।

प्रकाशित मिति : २०८२, ३० असार सोमबार  १ : ४१ बजे

विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित राष्ट्रलाई पछाडि पार्न हुँदैन : प्रधानमन्त्री ओली

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरू (Landlocked

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आज देखि

काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा आज ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’

जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध, यात्रु अलपत्र

बैतडी । अविरल वर्षासँगै आएको पहिरोका कारण बैतडी र बझाङलाई

आजको सागसब्जी तथा फलफूलको मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका