२०८२, २७ आश्विन सोमबार

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड


काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औं अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् ।

उनले आगामी आर्थिक बर्ष २०८२/८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब  ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् । यसैगरी उपप्रमुख डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको भन्दै क्षमा मागेकी छिन् । उनले महानगरवासी र सरोकारवालाहरूसँग क्षमा मागेकी हुन् । उनले भनिन्, ‘समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत, नगरसभाका सदस्यको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको समयसीमा भन्दा हामी केही ढिला भएका छौं । विगतका दिनहरूमा हामीबीच केही अविश्वास, तितामिठा अनुभव प्रस्तुत भए, आरोप प्रत्यारोप पनि भए । सबै कुरा मन्थन हुँदै गएको छ । समस्याको समाधान पनि हुँदै गएको छ । आज हामी फेरि एकढिक्का भएर गरिमामय सभामा उपस्थित भएका छौं ।’

प्रकाशित मिति : २०८२, २९ असार आईतबार  ६ : ३४ बजे

रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

रौतहट । गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको

इजरायली सेनाका अधिकारीद्वारा विपिन जोशीको निधनको जानकारी

काठमाडौं । इजरायलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विद्यार्थी विपिन जोशी

पूर्वएआइजी सुवेदीविरुद्ध प्रचण्ड सचिवालयको उजुरी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले

सुशीला कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद् बैठक

काठमाडौं । सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रिय

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने तयारी

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने