२०८२, ६ माघ मंगलबार

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा शुभकामना दिएका छन् ।

आइतबार शुभकामना दिँदै उनले भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैको पहुँचमा पुर्याउन र यसलाई अझ समुन्नत तुल्याई नेपाली भाषा, साहित्य एवं संस्कृतिको संवद्र्धनका निम्ति अतुलनीय योगदान पुर्याएको बताए ।

उनले भने,‘भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैको पहुँचमा पुर्याउन र यसलाई अझ समुन्नत तुल्याई नेपाली भाषा, साहित्य एवं संस्कृतिको संवद्र्धनका निम्ति अतुलनीय योगदान पुर्याएको पाइन्छ । नेपाली कविताका आदिकवि र भाषाका प्रवद्र्धक भानुभक्तलाई नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा पनि चिनिन्छ ।’

भानुभक्त आचार्यले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको संस्कृत भाषाको वाल्मीकि रामायण नेपाली साहित्यसँग सरोकार राख्ने सबैको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच जनचेतनाको विकास तथा भावनात्मक एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निभाएको उनको भनाई छ ।

भानुभक्तको जन्मस्थललाई साहित्यिक तथा आदिकविको ऐतिहासिक सांस्कृतिकस्थलका रूपमा विकास गर्न सकेमा नै उनीप्रति हाम्रो सच्चा सम्मान हुने राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८२, २९ असार आईतबार  ७ : ४८ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित