२०८३, २९ असार मंगलबार

प्रधानमन्त्री ओलीद्वारा माई नगर अस्पताल उद्घाटन, २४ घण्टा सेवा सुरु

प्रधानमन्त्री ओलीद्वारा माई नगर अस्पताल उद्घाटन, २४ घण्टा सेवा सुरु


इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा ‘माई नगर अस्पताल’को उद्घाटन गरेका छन् । माई नगरपालिका–२ दानाबारीमा निर्माण गरिएको सो अस्पताल १५ शय्याको सुविधासम्पन्न अस्पताल हो ।

संघीय सरकारको सहयोगमा आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु भएको अस्पतालमा कुल १० करोड ७० लाख २४ हजार रुपैयाँ खर्च भएको नगर प्रमुख खम्बासिंह लिम्बूले जानकारी दिए । साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहित दुईतले भवन निर्माण गरिएको छ। नवीनतम संरचनासहितको अस्पताल शनिबारदेखि नै सेवा सञ्चालनमा आएको छ । माई नगर स्वास्थ्य शाखाका प्रमुख पुष्कर कट्टेलका अनुसार अस्पतालले २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ। अस्पतालमा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, फार्मेसीलगायत सेवा उपलब्ध छन्।

अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गरिएको छ । नगर प्रमुख लिम्बूका अनुसार स्थानीयवासीको आधारभूत उपचार नगरभित्रै सुनिश्चित गर्न र जटिल प्रकृतिका बिरामीलाई आवश्यक परेमा अन्य सुविधासम्पन्न अस्पतालमा रेफर गर्न सकिने व्यवस्था मिलाइएको छ । नवनिर्मित अस्पताल सञ्चालनमा आएपछि माई नगरवासीले घरआँगनमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २८ असार शनिबार  ५ : २५ बजे

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’

काठमाडौं। स्पेनका युवा सनसनी लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा

पहिरो पन्छाउने काम जारी, वैकल्पिक मार्गबाट काठमाडौँतर्फ सवारी सञ्चालन

काठमाडौं । अविरल वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडक

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान

काठमाडौं । आत्मदाहको प्रयास गरेका सर्लाहीका ३४ वर्षीय विवेक मण्डलको