२०८२, ४ पुस शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा माई नगर अस्पताल उद्घाटन, २४ घण्टा सेवा सुरु

प्रधानमन्त्री ओलीद्वारा माई नगर अस्पताल उद्घाटन, २४ घण्टा सेवा सुरु


इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा ‘माई नगर अस्पताल’को उद्घाटन गरेका छन् । माई नगरपालिका–२ दानाबारीमा निर्माण गरिएको सो अस्पताल १५ शय्याको सुविधासम्पन्न अस्पताल हो ।

संघीय सरकारको सहयोगमा आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु भएको अस्पतालमा कुल १० करोड ७० लाख २४ हजार रुपैयाँ खर्च भएको नगर प्रमुख खम्बासिंह लिम्बूले जानकारी दिए । साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहित दुईतले भवन निर्माण गरिएको छ। नवीनतम संरचनासहितको अस्पताल शनिबारदेखि नै सेवा सञ्चालनमा आएको छ । माई नगर स्वास्थ्य शाखाका प्रमुख पुष्कर कट्टेलका अनुसार अस्पतालले २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ। अस्पतालमा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, फार्मेसीलगायत सेवा उपलब्ध छन्।

अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गरिएको छ । नगर प्रमुख लिम्बूका अनुसार स्थानीयवासीको आधारभूत उपचार नगरभित्रै सुनिश्चित गर्न र जटिल प्रकृतिका बिरामीलाई आवश्यक परेमा अन्य सुविधासम्पन्न अस्पतालमा रेफर गर्न सकिने व्यवस्था मिलाइएको छ । नवनिर्मित अस्पताल सञ्चालनमा आएपछि माई नगरवासीले घरआँगनमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २८ असार शनिबार  ५ : २५ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा