२०८३, ३१ भाद्र बिहीबार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भन्छिन् : ‘जबज केवल राजनीतिक सिद्धान्त होइन, दार्शनिक मार्गदर्शन हो’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भन्छिन् : ‘जबज केवल राजनीतिक सिद्धान्त होइन, दार्शनिक मार्गदर्शन हो’

“सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः”


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्र नभई मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन भएको स्पष्ट पारेकी छन् ।

शनिबार काठमाडौंमा मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको ‘जर्नल विमोचन तथा विमर्श कार्यक्रम’मा सम्बोधन गर्दै उनले जबजलाई नेपाली समाजको समृद्धिको दिशानिर्देशकको रूपमा व्याख्या गरिन् ।

एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने घोषणा गर्दै पार्टी सदस्यता नवीकरण गरेकी भण्डारीले भनिन्, “जबज केवल एउटा राजनीतिक सिद्धान्त होइन। यो लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन दिने दार्शनिक चिन्तन हो ।”उनले वैदिक संस्कृतिमा रहेको “सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः” भन्ने मन्त्र उद्धृत गर्दै जबजको भावनासँग यसको समानता रहेको उल्लेख गरिन्। “सबै मान्छे सुखी र निरोगी होऊन्, सबैले शुभ देखून् र कसैलाई पनि दुःख नहोस् भन्ने भावना जबजको मुलमर्म हो,” भण्डारीले भनिन् ।

भण्डारीले वर्गीय शोषणको अन्त्य गर्दै सबै नागरिकलाई स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता गर्नुपर्ने आजको आवश्यकता भएको बताइन्। उनले भनिन्, “जबजले हाम्रो राष्ट्रलाई समृद्ध बनाउने र नागरिकलाई सुखी बनाउने महान लक्ष्य अघि सारेको छ। नेकपा एमाले पनि यही लक्ष्यप्रति समर्पित भएर लागिरहेको छ ।” पूर्वराष्ट्रपति भण्डारीको यो अभिव्यक्तिले उनी अब पुनः पार्टी राजनीतिमा सक्रिय भूमिका खेल्ने संकेत दिएको छ ।

प्रकाशित मिति : २०८२, २८ असार शनिबार  ५ : ०९ बजे

‘झिंगे दाउ २’ मा हाँसोदेखि भावनासम्म, प्रिमियरपछि दर्शकको यस्तो प्रतिक्रिया

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिंगे दाउ

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर