२०८३, ३१ भाद्र बिहीबार

गणतन्त्रको मेरुदण्ड राजनीतिक दल हुन् : सभामुख घिमिरे

गणतन्त्रको मेरुदण्ड राजनीतिक दल हुन् : सभामुख घिमिरे


काठमाडौं । सभामुख देवराज घिमिरेले गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनमा राजनीतिक दलको भूमिका अपरिहार्य रहेको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू — तुलनात्मक अध्ययन’ पुस्तक विमोचन तथा पुस्तक चर्चा कार्यक्रममा बोल्दै सभामुख घिमिरेले विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक अथवा प्रजातान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट रहेको धारणा राखेका हुन् । उनले भने, ‘विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक अथवा प्रजातान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट हो । यो व्यवस्थाको मेरुदण्ड भनेकै राजनीतिक दल हुन् । दलहरूले व्यवस्था सुदृढ गर्ने, जनताले महसुस गर्न सक्ने सेवा र डेलिभरी दिन सक्ने, र मानव जातिलाई प्रगतिको दिशामा लाने माध्यमको रूपमा काम गर्ने गर्छन् ।’

यसैगरी घिमिरेले संसद र राजनीतिक दलबीचको सम्बन्धलाई स्पष्ट पार्दै राजनीतिक दलहरू संसदमार्फत नीति निर्माणमा सक्रिय रहनुपर्ने बताए । उनले भने, ‘संसदमार्फत राजनीतिक दलले नीति निर्माणमा भूमिका खेल्ने गर्छन् । चाहे शासन प्रणाली पूँजीवादी होस् वा समाजवादी, संसदले सरकार गठन, कार्यकारी भूमिकाको निगरानी तथा न्याय प्रदान गर्ने संरचना जस्ता महत्वपूर्ण जिम्मेवारीहरू वहन गर्छ ।’

घिमिरेले संसदलाई लोकतान्त्रिक शासनको मूल आधारका रूपमा व्याख्या गर्दै राजनीतिक दलहरूले त्यसलाई मजबुत बनाउन निर्णायक भूमिका खेल्ने धारणा राखे ।

प्रकाशित मिति : २०८२, २८ असार शनिबार  ४ : २१ बजे

‘झिंगे दाउ २’ मा हाँसोदेखि भावनासम्म, प्रिमियरपछि दर्शकको यस्तो प्रतिक्रिया

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिंगे दाउ

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर