२०८२, १८ चैत्र बिहीबार

सूचना प्रविधिको विकासले कतिपय राम्रा सांस्कृतिक मूल्य मान्यताहरु भत्काएको छ : भानुभक्त ढकाल

सूचना प्रविधिको विकासले कतिपय राम्रा सांस्कृतिक मूल्य मान्यताहरु भत्काएको छ : भानुभक्त ढकाल



काठमाडौं ।
नेकपा (एमाले) का स्थायी कमिटिी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पछिल्लो समय सूचना प्रविधिको तीव्र विकासले नेपाली समाजका कतिपय गहिरा मूल्य, मान्यता, संस्कार र संस्कृतिमा गम्भीर असर परेको टिप्पणी गर्नुभएको छ ।

बिहिबार नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत महिला विभागले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजना गरेको गुरु पूर्णिमा तथा डकुमेन्ट्री प्रर्दशन कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले सांस्कृतिक र पारिवारिक परम्पराहरू भत्किँदै गइरहेको उल्लेख गर्नु भएको हो । उहाँले भन्नु भयो “समाजमा तीव्र प्रविधि विकाससँगै हाम्रो मौलिकता, अनुशासन र गुरु–चेला सम्बन्धमा आएको विचलन चिन्ताजनक छ,” उहाँले थप्नु भयो यस्ता मूल्य मान्यताहरूको जगेर्ना गर्नु अहिलेको आवश्यकता रहेको छ ।

उहाँले पूर्वीय दर्शनमा गुरु र चेलाको सम्बन्धलाई अनुशासन, श्रद्धा र ज्ञानको माध्यमका रूपमा चित्रण गरिएको उल् लेख गर्दै वर्तमान पुस्तामा तिनको कमी देखिएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, “नेताको भाषणभन्दा सामाजिक जागरणको गीतले जनमानसमा प्रभाव पार्न सक्छ,” सामाजिक रूपान्तरणमा कला, साहित्य र संस्कृतिको भूमिकालाई विशेष महत्व दिनुभयो । उहाँले भन्नु भयो ‘कम्युनिष्ट आन्दोलन नेपालमा स्थापित गर्न यिनै सांस्कृतिक माध्यमहरू प्रभावशाली अस्त्र बनेका थिए ।’
उहाँले महिलाहरुलाई नेतृत्व तहमा लैजान नेकपा (एमाले) को प्रयास सकारात्मक भएको र यसमा महिलाहरु आफै पनि अग्रसर हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले सभ्य समाज अनुशासनमा आधारित हुने उल्लेख गर्दै अनियन्त्रित स्वतन्त्रता अराजकतातर्फ उन्मुख हुने चेतावनी दिनुभयो । “गुरु–चेला परम्परा नेपाली समाजको अमूल्य धरोहर हो, तर पछिल्लो समय यसप्रति विश्वास घटेको देखिन्छ,” उहाँले गुरु बन्न पनि आदर्श विशेषताहरू आवश्यक पर्नेमा जोड दिनुभयो । उहाँले मूल्य, नैतिकता र व्यवहारको जगमा उभिएको परम्परागत शिक्षालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार समाजमा अग्रजको अनुभव ग्रहण गर्ने संस्कारको पुनजागरणले नै भावी पुस्तामा ज्ञान र अनुशासनको प्रवाह सम्भव हुन्छ ।

कार्यक्रममा जनसांस्कृतिक महासंघकी अध्यक्ष भूमिका सुब्बा लिम्बूले महिला विभागद्वारा आयोजित यस कार्यक्रममा पुरानो परम्परालाई निरन्तरता दिइएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा वरिष्ठ संगीतकार श्रीराम आचार्यलाई सम्मान गरेर सांगीतिक क्षेत्रप्रतिको योगदानको कदर गरिएको थियो । त्यस्तै, चित्रकलामा उत्कृष्ट पाँच जना विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सवनम मुख्यिद्वारा निर्माण गरिएको सामाजिक सन्देशमूलक डकुमेन्ट्री ‘डियर अफ फियर (डरको आँशु)’ पनि प्रर्दशन गरिएको थियो ।

प्रकाशित मिति : २०८२, २६ असार बिहीबार  ५ : ४९ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर