२०८२, १५ श्रावण बिहीबार

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता


काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद् सम्बन्धी घटनाहरू दर्ता भएका छन् । यस अवधिमा चार जनाको मृत्यु, ६ जना बेपत्ता र ६ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

असार २५ गते बिहान १० बजेदेखि असार २६ गते बिहान १० बजेसम्मको अवधिमा सबैभन्दा धेरै बाढी र पहिरोका घटना दर्ता भएका छन् । बाढीका कारण १ जनाको मृत्यु, ५ जना बेपत्ता र ५ जना घाइते भएका छन् भने पहिरोका कारण १ जनाको मृत्यु, १ जना बेपत्ता र १ जना घाइते भएका छन् ।

चट्याङ लागेर २ जनाको ज्यान गएको छ । त्यस्तै, आगलागी, जनावर आक्रमण लगायतका घटनाहरू समेत रिपोर्ट भएका छन् । यस अवधिमा चौपाया ९ वटा मरेका छन् भने करिब ३८ लाख ३७ हजार ४ सय रुपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको अनुमान गरिएको छ ।

यस अवधिमा प्रहरी र उद्धार टोलीहरू गरी ४९८ जना परिचालित भएका छन् ।

प्रकाशित मिति : २०८२, २६ असार बिहीबार  ३ : ४५ बजे

प्रधानमन्त्री ओलीद्वारा ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको

सन्ध्याकालीन नमस्कार 🙏 अब सुन्नुहोस् पाथीभरा माता स्तुति

हे आस्थाकी धरोहर, ममतामयी माता पंचकन्या देवी,हे जगदम्बा पाथीभरा, शक्तिकी

गौतम बुद्धको पवित्र पिपरहवा अवशेषहरू १२७ वर्षपछि इङ्गल्याण्डबाट भारत फिर्ता

काठमाडौं । भगवान गौतम बुद्धको पवित्र पिपरहवा अवशेषहरु १२७ वर्षपछि

सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार

सिन्धुली सडक मर्मतका लागि जापानले दिने २.८ अर्ब जापानी येन अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको