२०८३, ३१ भाद्र बिहीबार

नेतृ झाँक्रीलाई आत्मालोचनासहित स्पष्टीकरण बुझाउन ७ दिनको समय

नेतृ झाँक्रीलाई आत्मालोचनासहित स्पष्टीकरण बुझाउन ७ दिनको समय


काठमाडौं । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई लिखित आत्मआलोचना गरी स्पष्टीकरण बुझाउन ७ दिनको समय दिइएको छ । मंगलबार बसेको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले रामकुमारी झाँक्रीले व्यक्त गरेका अभिव्यक्तिहरु आपतिजनक रहेको भन्दै आत्मआलोचना गर्न ७ दिनको समय दिइएको नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिएका हुन् ।

‘रामकुमारी झाँक्रीले व्यक्त गरेका अभिव्यक्ति अलि आपतिजनक छन् । पार्टी हित विपरीत छन् भन्ने निष्कर्षका आधारमा वहाँलाई अवदेखि यस्ता पार्टीलाई नकरात्मक असर पार्ने, पार्टी पङत्तीलाई भ्रम पार्नेखालको अभिव्यक्तिहरु नदिने प्रतिवद्धता सहित ७ दिन भित्र पार्टीमा लिखित आत्मालोचना गर्ने गरी निर्देशत गर्ने निर्णय गरिएको छ,’ उनले भने ।

आजको बैठक झाँक्रीलाई सचेत, निलम्बन वा निष्कासनमध्ये के गर्ने भन्नेमा केन्द्रित थियो । झाँक्री स्वयंलाई आत्मालोचना (माफी माग्ने) मौका दिनुपर्ने पनि केहीले राय राखेका थिए । आजको बैठकमा पतञ्जली जग्गा प्रकरणका विषयमा पनि छलफल भएको थियो । पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि लगाइएको मुद्धा राजनैतिक प्रतिशोधका आधारमा लगाइएको र यसका लागि कानूनीरुपमा अगाडि निर्यण भएको ज्वालाले बताए ।

‘पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि लगाइएको मुद्धा राजनैतिक प्रतिशोधका आधारमा आग्रहपूर्व तरिकाले योजनावद्धरुपमा षढयन्त्रमूलक तरिकाले लगाइएको छ । यसमा सिङगो पार्टी र जनसमुदायमा राजनैतिक प्रतिवादी गर्दै अगाडि बढ्ने र कानूनीरुपमा उपचारको निम्ति हामी अगाडि बढ्छौ,’ उनले भने ।

प्रकाशित मिति : २०८२, २५ असार बुधबार  ११ : ५३ बजे

सांसद बरालको प्रश्नःजनता भोकमरीमा पर्न थाले, सरकारलाई ध्यान छ कि छैन ?

काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको

करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा

मेलम्ची आयोजनाका प्रभावितका माग सम्बोधन गर्न सांसद दुलालको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भदौ महिनामा ६ हजार १२३

विमानस्थलमा थन्किए रसुवा विपद्का राहत सामग्री, सांसद न्यौपानेले उठाए प्रश्न

काठमाडौं । रसुवामा भएको विपद्का प्रभावितका लागि विदेशी दातृ निकाय तथा