२०८२, ६ माघ मंगलबार

नेतृ झाँक्रीलाई आत्मालोचनासहित स्पष्टीकरण बुझाउन ७ दिनको समय

नेतृ झाँक्रीलाई आत्मालोचनासहित स्पष्टीकरण बुझाउन ७ दिनको समय


काठमाडौं । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई लिखित आत्मआलोचना गरी स्पष्टीकरण बुझाउन ७ दिनको समय दिइएको छ । मंगलबार बसेको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले रामकुमारी झाँक्रीले व्यक्त गरेका अभिव्यक्तिहरु आपतिजनक रहेको भन्दै आत्मआलोचना गर्न ७ दिनको समय दिइएको नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिएका हुन् ।

‘रामकुमारी झाँक्रीले व्यक्त गरेका अभिव्यक्ति अलि आपतिजनक छन् । पार्टी हित विपरीत छन् भन्ने निष्कर्षका आधारमा वहाँलाई अवदेखि यस्ता पार्टीलाई नकरात्मक असर पार्ने, पार्टी पङत्तीलाई भ्रम पार्नेखालको अभिव्यक्तिहरु नदिने प्रतिवद्धता सहित ७ दिन भित्र पार्टीमा लिखित आत्मालोचना गर्ने गरी निर्देशत गर्ने निर्णय गरिएको छ,’ उनले भने ।

आजको बैठक झाँक्रीलाई सचेत, निलम्बन वा निष्कासनमध्ये के गर्ने भन्नेमा केन्द्रित थियो । झाँक्री स्वयंलाई आत्मालोचना (माफी माग्ने) मौका दिनुपर्ने पनि केहीले राय राखेका थिए । आजको बैठकमा पतञ्जली जग्गा प्रकरणका विषयमा पनि छलफल भएको थियो । पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि लगाइएको मुद्धा राजनैतिक प्रतिशोधका आधारमा लगाइएको र यसका लागि कानूनीरुपमा अगाडि निर्यण भएको ज्वालाले बताए ।

‘पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि लगाइएको मुद्धा राजनैतिक प्रतिशोधका आधारमा आग्रहपूर्व तरिकाले योजनावद्धरुपमा षढयन्त्रमूलक तरिकाले लगाइएको छ । यसमा सिङगो पार्टी र जनसमुदायमा राजनैतिक प्रतिवादी गर्दै अगाडि बढ्ने र कानूनीरुपमा उपचारको निम्ति हामी अगाडि बढ्छौ,’ उनले भने ।

प्रकाशित मिति : २०८२, २५ असार बुधबार  ११ : ५३ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित