२०८३, २७ भाद्र आईतबार

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध


काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध भएको छ । गत शुक्रबार उक्त सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि यस खण्डमा पूर्णरुपमा आवागमन ठप्प भएको थियो । जसका कारण यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको थियो । शनिबार राती छवटा ठूला ठूला ह्युमपाइप राखेर भाँचिएको पुल निर्माण गरेपछि अस्थायी रूपमा आइतबार बिहानदेखि यातायात सञ्चालन भएपनि सोमबार राति भएको वर्षासँगै आएको बाढीले सडकखण्ड पुनः अवरुद्ध भएको हो । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–सुर्यविनायक सडकको एक मात्र वैकल्पिक मार्ग हो, बनेपा–नाला–भक्तपुर सडकखण्ड ।

धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकाले अवरुद्ध छ । त्यसकै विकल्पमा रहेको यो सडकको पनि पुल भाँचिएपछि वैकल्पिक सडक अवरुद्ध भएको छ । अरनिको राजमार्ग अवरुद्ध भएको खण्डमा काभ्रे र काठमाडौंलाई जोड्ने एक मात्र मार्ग बनेपा–नाला–ताथली भक्तपुर सडकखण्ड भएको कारणले पनि यस सडकखण्ड चाँडो निर्माण हुनुपर्ने जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले फेरी पनि अस्थायी रुपमा यातायात सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । डिभिजन प्रमुख सुमन योगेशका अनुसार ह्युमपाइपसँगै जालि पनि राखेर अस्थायी निर्माण भएको पुल गएरातीको वर्षाले पुन अवरुद्ध भएको छ । तत्काल पक्की पुल निर्माणगरी स्थायी निर्माण गरिने भने छाँटकाँट देखिएको छैन् ।

स्थायी रुपमा नै पुन निर्माण कहिले हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले निर्माण हुने भनेको त अस्थायी नै हो । अब स्थायी त कहिले हो कहिले नि समय लाग्छ । भन्ने वित्तिकै निर्माण गर्न सकिँदैन् ।’

प्रकाशित मिति : २०८२, २४ असार मंगलबार  ९ : २६ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।