२०८२, २८ चैत्र आईतबार

बाराको कलैयाबाट ४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ

बाराको कलैयाबाट ४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ


रौतहट । बारा प्रहरीले प्रतिवन्धित लागुऔषध एम्पुल सहित एक जनालाई पक्राउ गरेको छ । ४ हजार ५ सय पिस एम्पुल सहित प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका वाड न. ७ बस्ने बर्ष २० को सेराज अन्सारीलाई पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका वाड न. ५ भरत चोकबाट मटिअर्वा जाने सडकबाट प्रतिवन्धित लागुऔषध एम्पुल सहित अन्सारीलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता तथा डिएसपी विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार दुई वटा आँपको क्यारेटमा लागुऔषध राखी उभिरहेका मानिस प्रहरी टोलिलाई देख्नसाथ भाग्न खोजेपछी शंकाको आधारमा चेकजाँच गर्दा फेला परेको हो । प्रतिवन्धित लागुऔषध एम्पुल सहित नोफिन १५००, फेनारगन १५०० र डाइजोपाम १५०० पिस बरामद गरेको प्रहरीले उल्लेख  गरेको छ । १५ पोकामा रहेको लागुऔषध सहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

प्रकाशित मिति : २०८२, २४ असार मंगलबार  ८ : ४९ बजे

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको