२०८२, २४ असार मंगलबार

बाराको कलैयाबाट ४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ

बाराको कलैयाबाट ४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ


रौतहट । बारा प्रहरीले प्रतिवन्धित लागुऔषध एम्पुल सहित एक जनालाई पक्राउ गरेको छ । ४ हजार ५ सय पिस एम्पुल सहित प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका वाड न. ७ बस्ने बर्ष २० को सेराज अन्सारीलाई पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका वाड न. ५ भरत चोकबाट मटिअर्वा जाने सडकबाट प्रतिवन्धित लागुऔषध एम्पुल सहित अन्सारीलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता तथा डिएसपी विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार दुई वटा आँपको क्यारेटमा लागुऔषध राखी उभिरहेका मानिस प्रहरी टोलिलाई देख्नसाथ भाग्न खोजेपछी शंकाको आधारमा चेकजाँच गर्दा फेला परेको हो । प्रतिवन्धित लागुऔषध एम्पुल सहित नोफिन १५००, फेनारगन १५०० र डाइजोपाम १५०० पिस बरामद गरेको प्रहरीले उल्लेख  गरेको छ । १५ पोकामा रहेको लागुऔषध सहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

प्रकाशित मिति : २०८२, २४ असार मंगलबार  ८ : ४९ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज