२०८३, १३ कार्तिक शुक्रबार

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’


काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको सरकार कांग्रेस र एमालेबीचको बलियो समझदारीको आधारमा बनेको स्पष्ट पारेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौंलाले सरकार गठनमा दुई ठूला दलबीच गहिरो सहमति रहेको बताए । उनले भने,‘अहिलेको सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीचको मजबुत समझदारीका आधारमा बनेको हो । कोही छोड्ने, कोही आउने भन्ने त स्वाभाविक राजनीतिक प्रक्रिया नै हो ।’

उनले सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीचको सहकार्य निर्णायक भएको बताए । बर्तौंलाले पछिल्लो राजनीतिक घटनाक्रमलाई सामान्य प्रक्रियाको रुपमा लिँदै सरकार स्थिर रहने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८२, २४ असार मंगलबार  १२ : १३ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित