२०८२, २७ फाल्गुन बिहीबार

५२ लाखभन्दा बढी रकम हिनामिना, ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र

५२ लाखभन्दा बढी रकम हिनामिना, ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र


जनकपुर । धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना÷हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो । हँसपुर नगरपालिका–५ सुगा निकासदेखि कट्टीसम्मको पीसीसी ढलान योजनामा टुक्रा टुक्रा गरी रकम भुक्तानी गर्ने, गलत नापी गरी बढी भुक्तानी दिने, समय थप गर्दा कानुनी प्रक्रिया नअपनाउने, जमानत सुरक्षणमा लापरबाही गर्ने लगायतका गतिविधि भएको अनुसन्धानबाट खुलासा भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नगरसभाबाट अनुमोदित रु. १ करोड विनियोजन गरेको योजनाका लागि निर्माण व्यवसायी देव कन्स्ट्रक्सनसँग सम्झौता गरी काम गराइएको थियो । तर, स्थलगत निरीक्षणबाट प्रस्ट भएको विवरणभन्दा बढी मिटर काम देखाएर झण्डै ८ लाख बढी रकम भुक्तानी दिइएको, समयावधि सकिए पनि कार्यसम्पादन जमानत सुरक्षण नगरेको, १६ लाख ५० हजारको पेश्की असुल नगरी सम्झौता अन्त्य गरिएको देखिएको आयोगको दाबी छ ।

अनुसन्धानपछि आयोगले जम्मा रु. ५२ लाख ७२ हजार १६८.०३ बराबरको हिनामिना र आर्थिक हानि पु¥याएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीमाथि रु. ४४ लाख ९० हजारको बिगो दाबी गरेको छ भने, तत्कालीन निमित्त प्रशासकीय अधिकृत रामलोचन मण्डलमाति रु. ७ लाख ८१ हजारको बिगो दाबी गरेको छ । त्यस्तै, इन्जिनियर दिनेश कुमार मण्डलमाथि रु. ३६ लाख २२ हजारको बिगो दाबी गरेको छ भने, खरिदार शत्रुधन साहमाथि रु. २८ लाख ४० हजारको बिगो दाबी गरिएको छ । त्यसै गरी तत्कालीन लेखापाल नेत्र लुँगेली माथि रु. ५२ लाख ७२ हजारको बिगो दाबी गरिएको छ भने सव–इन्जिनियर विनोद कुमार मण्डलमाथि रु. ७ लाख ८१ हजारको बिगो दाबी गरिएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत विभिन्न दफाबमोजिम कैद, जरिवाना र बिगो असुलीको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२, २४ असार मंगलबार  १२ : ०५ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा