२०८३, ८ भाद्र मंगलबार

अब हुम्ला राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा टाढा छैन् : प्रधानमन्त्री ओली

अब हुम्ला राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा टाढा छैन् : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर्ष सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिएकोमा आफू असाध्यै खुशी भएको बताएका छन् ।

राष्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी नेपालको एक मात्रै जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिएपछि सबैभन्दा बढि खुशी म आफै छु’, प्रधानमन्त्री ओलीले भने, ’यो सफलता हाँसिल गर्ने नेपाली सेनालाई हार्दिक आभार व्यक्त गर्दछु ।’
सिमकोट सडकसँग जोड्नका लागि आफूलाई नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञावलीले हुम्लाका राजनितीक दलहरुको संयुक्त ज्ञापन पत्र र ज्ञावली हुम्ला पुगेर हुम्लीको यो गुनासो आफू समक्ष पुर्याएपछि यो कामले औपचारिकता पाएको बताउनु भएका ओलीले सरकारको प्रस्तावलाई पनि नेपाली सेनाले सहजै स्वीकार गरि अहिले जोड्न सफल भएको बताउदैं अब हुम्ला विकासको बाटो खुलेको प्रतिक्रिया दिए ।

हुम्ला राष्ट्रिय सडक सञ्जालमा मात्र जोडिएको छैन् हुम्ला समृद्धको बाटो समेत औपचारिक रुपमा खुलेको छ’, पुल उद्घाटनका क्रममा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ’हुम्ला अब उत्तर दक्षिण मार्गले जोडिने जिल्ला मात्र नभएर हुम्ला पश्चिम नेपालको रणनीतिक महत्व बोकेको जिल्लाका रुपमा समेत स्थापित भएको छ । आफू परराष्ट्रमन्त्री हुँदा हुम्लाको बाटो र सडकसँग जोड्न पहल गरेको बताउनु भएका प्रधानमन्त्री ओलीले सुरुवातीमा आफूले पहल गर्नुका साथै अहिले आएर रास्ट्रिय सडकसँग जोडिएको जिल्ला उद्घाटन गर्न पाउनु ठूलो रहेको भनाइ राखेका थिए ।
४० दिनमा नेपाली सेनाले जोडेको खार्पु बेलिब्रीजमा रिवन काटेल गाडी पास गराए पछि औपचारिक रुपमा हुम्ला सडकले उत्तर दक्षिण जोडिए सँगै २६ वर्षदेखि सडक सपनामा बिताएको शिर्ष सदरमुकाम सिमकोट आजदेखि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
गएको कार्तिक २० गते बसेको मन्त्रीपरिषद बैठकले हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कर्णाली कोरिडोर अन्तरगतको खार्पु खोलामा निर्माणाधिन मोटरेवल पुलको काममा ढिलाई भएपछि सरकारले अल्पकालिन रुपमा भएपनि सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न बेलीक्रीजको विकल्प अघि सारेको थियो । खार्पु नदीमा निर्माण भएको पुल उद्घाटन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अब हुम्ला राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा टाढा नभएको बताए ।

प्रकाशित मिति : २०८२, २३ असार सोमबार  ८ : १९ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद