२०८२, २२ चैत्र सोमबार

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट


काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा मलेसिया–नेपाल बिजनेस काउन्सिलको २० सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो।

प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा ९दातो० को नेतृत्वमा आएको टोलीले नेपालमा नयाँ उद्यम स्थापनाको सम्भावना, व्यावसायिक वातावरणको समीक्षा तथा दुई देशबीचको आर्थिक सहकार्य विस्तारबारे आफ्नो चासो व्यक्त गर्‍यो।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न कानुनी तथा संरचनागत सुधारहरू गरिरहेको उल्लेख गर्दै, नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनिरहेको जानकारी दिनुभयो। उहाँले “सरकार व्यवसायीहरूसँग साझेदारीमा काम गर्न तयार छ” भन्दै लगानीकर्तालाई स्पष्ट सन्देश दिए ।

प्रतिनिधिमण्डलले प्लास्टिक प्रशोधन, सूचना प्रविधि पार्क, पर्यटन, कृषि, जनशक्ति, कपडा तथा अन्य विविध क्षेत्रमा लगानी गर्न चाहेको बताएको छ। साथै, उनीहरूले नेपालमा दीर्घकालीन व्यवसायिक साझेदारीको अवसर खोजिरहेको स्पष्ट पारे।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा। युवराज खतिवडालगायत सरकारका उच्च अधिकारीहरूको उपस्थिति थियो। उक्त टोली नेपाली दूतावास, मलेसियाको सहकार्यमा तीनदिने भ्रमणका लागि असार १८ गते काठमाडौँ आएको हो। भ्रमणको उद्देश्य नेपाल–मलेसिया व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पु(याउने रहेको छ।

प्रकाशित मिति : २०८२, २१ असार शनिबार  ४ : २९ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर