२०८३, २९ भाद्र मंगलबार

बागमती प्रदेशसभा बैठक पुनः सारियो, माओवादीको अडानले संसद अवरुद्ध

बागमती प्रदेशसभा बैठक पुनः सारियो, माओवादीको अडानले संसद अवरुद्ध


हेटौंडा । शुक्रबार साँझ बस्न नसकेको बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको भए पनि पुनः ३ बजेका लागि सारिएको छ। बैठक सारिनुको कारण प्रतिपक्ष दलहरुले बजेटको पुरक प्रस्ताव संसदमा ल्याउनुपर्ने अडान हो।

माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारलाई पुरक प्रस्तावबिनाको बैठक चल्न नसक्ने स्पष्ट पारेका छन्। उनका अनुसार सरकारले ल्याएको बजेट कार्यक्रममा छुटेका विषयहरु समेटेर पुरक प्रस्ताव ल्याउन माग गरिएको हो। शुक्रबारदेखि नै सरकारसँग निरन्तर छलफल भैरहेको उनले बताए।

मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको सचिवालयका अनुसार संसदमा दर्ता भएको संकल्प प्रस्तावमा पुरक प्रस्ताव समावेश गर्ने तयारी भइरहेको छ। सोही प्रस्तावलाई संसदले पास गरी सरकारलाई निर्देशन दिने र बाँकी कार्यक्रमहरु कार्यान्वयन गरिने योजना बनाइएको छ।

तर, प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले भने प्रतिपक्षको माग अनुसार तुरुन्तै पुरक प्रस्ताव ल्याउने सम्भावना नदेखिएको बताएका छन्। उनले संसद चलाउने विषयमा अझै स्पष्ट निष्कर्ष ननिस्किएको बताएका छन्।

माओवादी केन्द्रको कडा अडान र सरकारसँगको समन्वयको प्रयासबीच बागमती प्रदेशको संसदिय गतिरोध समाधान हुने वा थप जटिल बन्ने भन्ने प्रश्न खुलै छ।

प्रकाशित मिति : २०८२, २१ असार शनिबार  ३ : ५२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक