२०८२, ११ मंसिर बिहीबार

आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइदैँ

आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइदैँ


काठमाडौं । आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइदैँ छ । हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवारका दिन विश्वभरि सहकारी दिवस मनाइन्छ ।

‘सहकारीः राम्रो संसारको लागि समावेशी र दिगो समाधानहरूको नेतृत्व’ भन्ने नाराका साथ यसवर्ष विश्व सहकारी दिवस मनाइदैँछ । यो नाराले सहकारी संस्थाहरूको भूमिका विशेष गरि असमानता हटाउन, गरिबी निर्मूल गर्न, रोजगारी सिर्जना गर्न अनि वातावरणको संरक्षण गर्न असाधै महत्वपूर्ण हुन्छ भन्ने कुरा जनाउँछ ।

अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सन् १९२३ देखी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको छ । सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्र सङ्घले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्त्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखी संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउन थालेको हो ।

सहकारीलाई समान इच्छा, आकाङ्क्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त एकताबद्ध प्रयासको रुपमा पनि लिइने गरिन्छ ।

प्रकाशित मिति : २०८२, २१ असार शनिबार  ११ : ५३ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री