२०८२, ४ कार्तिक सोमबार

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता


काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत निगम (एसजेभीएन) ले उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेड (युपिपिसीएल) सँग सम्झौता गरेको छ ।

भारतीय सरकारको स्वामित्वमा रहेको एसजेभीएनले संखुवासभा जिल्लामा ९०० मेगावाट मेगावाट क्षमताको अरुण तेस्रो परियोजना निर्माण गरिरहेको छ ।

भारतिय सञ्चार माध्यम ‘द प्रिन्ट’ का अनुसार कम्पनीले आफ्नो आगामी २१० मेगावाट लुहरी चरण–१ र ३८२ मेगावाट सुन्नी बाँध जलविद्युत परियोजना र हिमाचल प्रदेशमा ३८२ मेगावाट सुन्नी बाँध बाट बिजुली आपूर्तिको लागि युपिपिसीएल सँग बिजुली खरिद सम्झौता मा पनि हस्ताक्षर गरेको शिमलास्थित एसजेभिएनले एक विज्ञप्तिमा भनेको छ ।

यी परियोजनाहरूले राष्ट्रिय ग्रिडमा ५९२ मेगावाट हरित ऊर्जा थप्नेछन् । यी परियोजनाले वार्षिक २१४० मिलियन युनिट बिजुली उत्पादन गर्नेछन् ।

दुवै परियोजनाहरू डिसेम्बर २०२८ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । “एसजेभिएनले आफ्नो ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाबाट बिजुली आपूर्तिको लागि उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेडसँग विद्युत बिक्री सम्झौतामा हस्ताक्षर गरेको छ,” उक्त विज्ञप्तिमा भनिएको छ ।

परियोजना सञ्चालनमा आउँदा, परियोजनाले ९०० मेगावाट स्वच्छ ऊर्जा उत्पादन गर्नेछ र राष्ट्रको बढ्दो बिजुलीको माग पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो परियोजना सन २०२८ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।यसका अतिरिक्त, एसजेभिएनले आफ्नो ३८२ मेगावाटको सुन्नी बाँध जलविद्युत परियोजनाबाट बिजुली आपूर्तिको लागि नयाँ दिल्ली नगर परिषद् सँग पनि पिपिएमा हस्ताक्षर गरेको छ ।

प्रकाशित मिति : २०८२, १९ असार बिहीबार  ३ : १० बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,