२०८२, १५ कार्तिक शुक्रबार

एमाले महासचिव शंकर पोखरेलको निर्देशन : नेतृत्वको बहश रोक्नु

एमाले महासचिव शंकर पोखरेलको निर्देशन : नेतृत्वको बहश रोक्नु


काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्वको बहश रोक्न निर्देशन दिनुभएको छ । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्केसँगै पार्टीभित्र नेतृत्वको बहश तीब्र बनेपछि महासचिव पोखरेलले यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वबारे बहस नगर्न निर्देशन दिनुभएको हो । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बागमती प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसहितको बैठकलाई आज ‘भर्चुअल’ रुपमा सम्बोधन गर्दै उहाँले अहिले नेतृत्वको विषयमा छलफल नगरी विधि र विधानका बारेमा बहस गर्न आग्रह गर्नुभयो ।

“राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ” महासचिव पोखरेलले भन्नुभयो । एमालेले यही आगामी भदौ २०–२२ गतेसम्म दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना गर्ने निर्णय गरिसकेको छ । उहाँले विधान महाधिवेशनको मिति तय भइसकेको अवस्थामा सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले राजनीतिक र साङ्गठनिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधैँ बिधान महाधिवेशनमा प्रस्तुत हुने र विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइने बताउनुभयो ।

बैठकमा बागमती प्रदेशका जिल्ला अध्यक्षहरुले सदस्यता नवीकरण, नयाँ सदस्यता, टोल कमिटी गठन, पार्टीका अन्य गतिविधिका बारेमा ‘रिपोर्टिङ्ग’ गर्नुभएको थियो । सो अवसरमा एमाले सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी, बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराई र अध्यक्ष कैलाश ढुङ्गेललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०८२, १८ असार बुधबार  ११ : ०७ बजे

पोखरामा एमालेले मोटरसाइकल र्‍याली निकाल्दै

पोखरा। नेकपा एमाले कास्कीले कात्तिक १५ गते शनिबार संविधानको रक्षा,

चीन-अमेरिका व्यापार युद्धविरामपछि सी जिनपिङ क्यानडा, जापान र थाइल्यान्डसँग वार्ता

काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार दक्षिण कोरियामा आयोजित एशिया–प्रशान्त

मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

काठमाडौं। तुइन खोला पुल नजिक खसेका ढुंगाहरू पन्छाइएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा

कांग्रेसमा विशेष महाधिवेशन दबाब : प्रतिनिधिहरू भेला बस्दै

काठमाडौं। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले भोलि काठमाडौंमा भेला बस्ने भएका

काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीत संरचना हटाउन ७ दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौंका