२०८२, ७ माघ बुधबार

सरकारको आलेचना गर्नेले आफु सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैनः प्रकाशमान सिंह

सरकारको आलेचना गर्नेले आफु सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैनः प्रकाशमान सिंह


काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारको आलोचना गर्ने पार्टीका नेताहरुले आफू सरकारमा बस्दाखेरी के गरियो भन्ने कुरा बिर्सिन नहुने बताएका छन् ।

बु्धबार कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन समुद्घाटन कार्यक्रममा बोल्दै उनले आलोचना गर्नु ठिक हुने तर सरकारमा आफू हुँदा गरेका काम जनताले हेरिरहेको बताएका हुन् ।  उनले भने, ‘आलोचना गर्नु ठिकै छ गर्नुस् । सरकारले यो गरेन, त्यो गरेन भन्ने आफ्नो ठाउँमा छ तर आलोचना गर्ने पार्टीका नेताहरुले आफु सरकारमा बस्दाखेरी के गरे त त्यो पनि बिर्सिनुभएन । आफू सरकारमा हुँदा के गर्यौ त्यो जनताले हेरिरहेका छन् । हामी विधिको शासन हुनुपर्छ भनेर लडेका मान्छे हौं ।’ उनले मौका पाउँदा के दिन सकियो सबैले मनन् गर्नुपर्ने भन्दै २०१७ सालमा गुमेका अधिकार प्राप्त गर्न ३० वर्षभन्दा बढि संघर्ष गर्नु परेको पनि बताए ।

‘दुई पटक संविधान सभाको चुनाव भयो, ठुला कुरा गर्नुभन्दा मौका पाउँदा केही दिन सकियो कि सकिएन भन्ने हो । संविधान जारी गर्ने कठिन परिस्थिती हामीले बिसिर्यौ अनि अहिले कस्तो बनाएको भन्ने ? १७ सालमा गुमेको अधिकार पूर्न वहाली गर्नका लागि हामीले ३० वर्षभन्दा बढि संघर्ष गर्नु परेको कुरा बिर्सिनु भएन,’ उनले भने । उनले कठिन संघर्ष गरी प्राप्त गरिसकेको अधिकारलाई सुरक्षित, संस्थागत अगाडि बढाउने काममा हाम्रो कमिकमजोर देखा परेको बताए ।

प्रकाशित मिति : २०८२, १८ असार बुधबार  १२ : ४६ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित