२०८२, ५ कार्तिक मंगलबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढ़ाएको छ ।

इण्डियन आयल कर्पा]रेशन (आईओसी) बाट नै मूल्य बढ़ेर आएकोले मूल्य बढाइएको निगमले जनाएको छ । निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार आईओसीले प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ६४ पैसा, डिजलमा ९ रुपैयाँ १३ पैसा र हवाई इन्धनतर्फ ६ रुपैयाँ ८८ पैसा मूल्य बढ़ेर आएको भएको छ ।

उद्यपी, सर्वसाधारणको हितलाई ध्यान दिएर पेट्रोलमा ५ रुपैयाँ र डिजलमा ४ रुपैयाँ बढ़ाएको जनाइएको छ । हवाई इन्धनमा भने निगमले आन्तरिकतर्फ ७ रुपैयाँले मूल्य बढ़ाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढ़ाएको छ भने मट्टितेल र डिजलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढ़ाएको छ । जस अनुसार अबदेखि पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ भएको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ भएको छ ।

प्रकाशित मिति : २०८२, १७ असार मंगलबार  १० : ५८ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,