मन्थली दुग्ध सहकारी संस्थाको अध्यक्ष ध्रुवकुमार थापासँग गरिएको कुराकानी
मन्थली दुग्ध सहकारी संस्थाले के के काम गरिरहेको छ ?
हामीले विगत १ वर्ष अघिको फाल्गुन ३ गतेबाट मन्थली दुग्ध सहकारी संस्थाले मन्थलीमा दुधको खपत कम भएर दुध विक्रि नहुने अवस्था भएकाले हाम्रो दुग्ध सहकारीले पहिला सुरुमा डिडिसी सँग सम्पर्क राखेर दुध बेच्यौ । तीन साँझ जति दुध उठाइसकेपछि डिडिसीले दुध लान नसक्ने अवस्था सिर्जना भयो । फेरी हिमालयन डेरीसँग समन्वयन गरेर दुध पठाउने वातावरण मिलायौँ । सुरुमा हामीले ५३÷५४ रुपैँयामा दुध बेच्दै आएका थियौँ । पछि हुँदै जाँदा फ्याटको आधार १३ रुपैँया ५० पैसामा मात्र बेच्दा किसानलाई मार्का पर्ने रहेछ । गाईको दुध मा फ्याट र एसएनएफ दुबै चाहिने रहेछ भनेर हामीले अनलाइन डेरीको प्रोपाइटरसँग समन्वयन गरेर फ्याट र एसएनएफ दिनु पर्यो भनिसकेपछि राज्यको रेट ७ रुपैँया १५ पैसा भ्याट र ४ रुपैँया ५५ पैसा एसएनएफ गरी राज्यको रेट ६५ रुपैँया पर्छ । त्यो रेट दिन्छु भनिसकेपछि क्वालिटिको दुध ल्याउने किसानहरूले ७०÷७५ पनि लगेका छन् । कम क्वालिटिको दुध ल्याउनेहरूले ६०÷६५÷६२ यसै गरी किसानको दुध लिने गरेका छौँ । दशैँ तिहार कुनैपनि वेला एक साँझ पनि दुध नलिने भनेर रोकेका छैनौँ । असोजको १२÷१३ गतेको बाढी पछि २÷३ साँझ बत्ति नभएका कारण रोकिएको थियो । त्यो बाहेक दुध लिने क्रम रोकिएको छैन । भुक्तानीको प्रक्रियामा जाडो सिजनमा अलि ढिलो भुक्तानी हुन्छ गर्मीमा भुक्तानीको समस्या छैन । एभ्रेजमा लिटरको ६२÷६३ रुपैँया भुक्तानी हुन्छ ।
दैनिक दुध कति संकलन हुन्छ ?
दुध दैनिक बेलुका साँझको मात्र लिन्छौँ । ६००÷७०० लिटर जम्मा हुन्छ । तीनतीन दिनमा आएर लग्नु हुन्छ । १८००÷१९००÷२१०० लिटरसम्म लिएर जानु हुन्छ । तीन साँझको एकै चोटी उठाउदा भाडा कम्ती पर्ने भएकाले तीन साँझको एकै पटकमा लग्नु हुन्छ उहाँहरूले ।
रामेछाप जिल्लामा यो भन्दा अघिदेखिनै डेरीहरू सञ्चालनमा छन् । मन्थली नगरपालिका भित्र ३÷४ वटा डेरी संकलकहरू छन् यस्तो अवस्थामा सहकारी ले फेरी किन दुध संकलन शुरु ग¥यो ?
प्रदेशबाट आउने विभिन्न अनुदानहरू डेरीले ल्याएर किसानलाई दिन व्यवस्था थियो । हामीले वार्षिक रुपमा १२ लाख ११ हजारको दरले प्रदेशबाट ल्याएर किसानलाई वितरण ग¥यौँ । प्रदेशबाट ल्याएर ७ जना किसानको लागि आएको रकम १४ वटा किसानलाई गोठको अनुदान वितरण ग¥यौँ । नगरपालिकाले गाई दियो । हाम्रो सहारीको भागमा १५ वटा परेको थियो । कमजोर अवस्थाका, जागिर नभएका, पेन्सन नआउने किसानलाई वितरण ग¥यौँ । यस्तो सुविधा डेरीबाट दिने सम्भावना कम भएको तथा डेरीले पनि हामीले सकेनौँ तपाईहरूले मिलेर संस्था खोल्नुहोस् र किसानलाई सकेसम्म अनुदान मिलाउनु पर्छ भनेको हुँदा हामीले किसानको हकहितको लागि संस्था खोल्नु परेको हो ।
सहकारीमा कोको सदस्य हुनुहुन्छ ?
सदस्यहरूमा मन्थली न.पा.को चौध वडाकै यहाँ आएर व्यवसाय गर्नुहुने र रामेछाप नगरपालिकाबाट आएर व्यवसाय तथा फर्म सञ्चालन गर्नुहुने किसानहरू सदस्य छन् । मन्थली नगरपालिकाका १४ वडा तथा अरु पालिकाबाट आउनु हुने कृषि पेशामा आवद्ध किसानहरू सदस्य छन् ।
डेरीहरूसँग सरी समन्वयन गरिरहनु भएको छ ?
मन्थलीमा सञ्चालित डेरीहरूले जाडो महिनाभरी हामीसँग दुध लिनुहुन्न । एक साँझको दुध पनि उहाँहरूलाई कटाउन समस्या भइरहेको छ । गर्मी महिनाको दुध चाहि हामीले दुध दिने प्रोपाइटरसँग र मन्थलीमा भएको डेरीहरूसँग समन्वयन गरेर एक साँझ यहाँको डेरी संचालकलाई दिने र दुई साँझ माथीको सञ्चालकलाई दिने गरेर समन्वय गरेर कार्यासञ्चालन गरिएको छ ।
जाडो महिनामा पनि दुध संकलन हुन्छ ?
जाडो महिनामा बिहानको दुध संकलन हुँदैन । बेलुको दुध मात्र हामीले संकलन गछौँ । बिहानको दुध डेरी सञ्चालकरूले छुर्पीहरू बनाएर भने पनि कटाउनु हुन्छ ।
डेरी सञ्चालकहरू यस संस्थामा संलग्न हुनुहुन्छ कि हुनुहुन्न ?
डेरी सञ्चालकहरूमा अमृत डेरीको सञ्चालक सचिव, रामेछाप डेरी सदस्य, भानुभक्त डेरी सञ्चालक प्रमुख सल्लाहकार हुनुहुन्छ । उहाँहरूको सल्लाह सुझाव अनुसार नै हामीले काम गरिरहेका छौँ ।
डेरीहरूले जति दुधको रकम दिन्छन् त्यो भन्दा कम सहकारीले दियो भन्ने सुनिएको कुरा के हो ? डेरीले भन्दा सहकारीले १० रुपैँया कम रकम दियो भन्ने कुरा सत्य हो ?
हामीले राज्यको रेट अनुसार नै विक्रि गर्दछौँ । विक्रि गर्दा राज्यको रेट भन्दा बेसी रकम नआउने भयो । र सहकारी सञ्चालनको लागि प्रतिलिटर २ रुपैँया सञ्चालन खर्च छुट्याउने नियम भएका कारण किसानले डेरीको रकम भन्दा कम पाउनु भएको हो ।
दैनिक कति जना किसानबाट दुध संकलन हुन्छ ?
थपघट भइरहेको छ । १ सय २२÷२५ सदस्य हुनुहुन्छ तर ७५÷८० जनाको किसानको दुध संकलन हुन्छ दैनिक । यो भन्दा घटी हुँदैन । कसैको गाइ थाक्छ कोहीको व्याउछन् । एभ्रेजमा यही हो । हाम्रोमा दुध भैसीको आउदै आउदैन । गाईको मात्र आउछ । भैसीको दुध डेरी सञ्चालकहरूलाई दिननै पुग्दैन । शुद्ध गाईको दुध मात्र आउछ हाम्रोमा ।
डिडिसीले २ दिन दुध उठाए फेरी के भएर लिन नआउनु भएको हो ?
राम्रो क्वालिटीको दुध नै हामीले दिएका थियौँ । जाडो सिजन तथा दुध विक्रि नभइरहेको अवस्थामा उहाँहरूले पनि किसानहरूलाई भुक्तानी दिन नसकिरहेको अवस्था थियो । शायद उहाँहरू भुक्तानीकै समस्याका कारण नआउनु भएको होला । हामीले २ दिनको दुधको पैसा पनि ४÷५ महिना पछि पाएका थियौँ । उहाँले सम्झौता गरेर दुध त उठाउन सुरु गर्नुभयो तर उहाँहरूको केन्द्रबाट दुध नउठाउनु भन्ने निर्देशन भएकाले दुध उठाउन नसकिने जानकारी दिनुभयो । हामीसँग क्वालिटीको दुध नै आउछन् र त्यही दिएका थियौँ ।
एक जना किसानले महिनामा दुध विक्रि गरे वापत् कति पैसा लग्नुहुन्छ ?
एक साँझको अधिकतम लग्ने मान्छेहरूले ७०÷८० हजारसम्म लग्नु भएको छ । न्युनतम २÷३ हजार सम्म लग्नु भएको छ । सधै भरी एकै भुक्तानीको रेट त हुँदैन । उहाँहरूलाई मासिक रुपमा दिएका छौँ ।
सहकारी शुरु गर्दा कती रकममा शुरु भयो ?
३० जना सदस्यबाट ५०० रुपैँया बचत तथा १ हजार शेयरबाट शुरु भयो भने पदाधिकारीहरूले १०÷१२ हजारको शेयर पनि हाल्नु भयो । शुरुको लगानी भनेको त्यही एक डेढलाख मात्र हो । अगाडि हामीले संकलन केन्द्र खोलेका थिएनौँ । गाई, गोठ ल्याएर अनुदान दिने काम मात्र भएको हो । ५०÷५० प्रतिशत अनुदान प्रदेश र मन्थली न.पा.को ७० र सहकारीको ३० गरेर अनुदान वितरण भएको थियो । दुधको कारोबार पोहोरको फागुनबाट मात्र सञ्चालनमा ल्याएका हौँ । विभिन्न ठाउँबाट १७÷१७ लाखको दुध संकलन गर्ने सामाग्रीहरू ल्याएर वितरण गरेका थियौँ ।
गोठ बनाउने, गाई पाल्ने अनुदान बाहेक अरू के के गर्नु भएको छ ?
त्यो भन्दा बाहेक दानाहरू दिए पाए हुने, प्राविधिकहरू हामीले नै उपलब्ध गराउन पाए हुन्थ्यो तर दिन सकिएको छैन । हामीले सामान्य क्याल्सियम भिटामिनहरू थोरै मूल्य राखेर दिइराखेका छौँ ।
सहकारी संचालन गर्दा दुध संकलन र अनुदानको लागि मात्र थियोे कि ? अरू पनि उद्धेश्य थियो ?
दुध संकलन गर्ने र धेरै भन्दा धेरै किसानलाई लाभान्वित गर्ने नै उद्धेश्य थियो । त्यसमा हामीले सकेसम्म सबै किसिमका सहयोग गर्ने नै थियो । सुरुमा केही पनि गर्न सकेनौ । एक वर्ष भयो दुध संकलन हुन थालेको । प्रदेशबाट १ वडा १ उत्पादन भनेर ६६ लाखको कार्यक्रमहरू परेको छ । आर्थिक वर्ष भित्र उहाँहरूले अनुगमन गरे अनुसार त्यो सुविधा दिने कार्यक्रम गएको छ यसपाली ।
प्रदेश कुन मन्त्रालय अन्र्तगत को अनुदान कार्यक्रम हो ?
भेटेनरी अस्पताल सिन्धुली मा पेश गरेका थियौँ सोही अन्र्तगत हो । कसको लागि के आवश्यक हो अनुगमन छनोट भए अनुसार उहाँहरूले दिनुहोला ।
प्रतिक्रिया