२०८३, ३१ भाद्र बिहीबार

नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना : सभामुख घिमिरे

नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना : सभामुख घिमिरे


काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना भएको बताएका छन् । आइतबार २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना दिँदै उनले नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना भएका भन्दै कृषिप्रधान मुलुकको यस यथार्थप्रति गम्भीर आत्ममूल्याङ्कन गर्नु पर्ने अवस्था आएको बताए ।

उनले भने,‘तथ्याङ्क अनुसार नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना हो। कृषिप्रधान मुलुकको यस यथार्थप्रति गम्भीर आत्ममूल्याङ्कन गर्नु पर्ने अवस्था आएको छ। नेपालको अधिकांश खेती अझै पनि आकासे पानीमा निर्भर छ। सिंचाइ सुविधाको अभाव, समयमा मल नपाइने समस्या र उन्नत बीउको अभावले गर्दा उत्पादन क्षमतामा ठूलो प्रभाव परेको छ।’

त्यस्तै उनले उत्पादन प्रणालीलाई आधुनिक बनाउँदै उच्च गुणस्तरीय धान जातको प्रबद्र्धन गर्न सके आयात प्रतिस्थापन मात्र होइन, निर्यातको ढोका पनि खोल्न सम्भव रहेको बताए ।

उनले भने,‘हामीले उत्पादन प्रणालीलाई आधुनिक बनाउँदै उच्च गुणस्तरीय धान जातको प्रबद्र्धन गर्न सके आयात प्रतिस्थापन मात्र होइन, निर्यातको ढोका पनि खोल्न सम्भव छ। कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक पेशाका रूपमा विकास गर्न नीतिगत सुधारसहित उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ ध्यान दिन आहवान गर्दै पुन २२ ओ. राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गर्दछु ।’उनले भने

प्रकाशित मिति : २०८२, १५ असार आईतबार  ८ : ४३ बजे

सांसद बरालको प्रश्नःजनता भोकमरीमा पर्न थाले, सरकारलाई ध्यान छ कि छैन ?

काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको

करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा

मेलम्ची आयोजनाका प्रभावितका माग सम्बोधन गर्न सांसद दुलालको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भदौ महिनामा ६ हजार १२३

विमानस्थलमा थन्किए रसुवा विपद्का राहत सामग्री, सांसद न्यौपानेले उठाए प्रश्न

काठमाडौं । रसुवामा भएको विपद्का प्रभावितका लागि विदेशी दातृ निकाय तथा