२०८२, १४ श्रावण बुधबार

प्रधानमन्त्री ओली स्पेन प्रस्थान

प्रधानमन्त्री ओली स्पेन प्रस्थान


काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २१ जनाको टोली स्पेन प्रस्थान गरेका छन् । ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टोली स्पेन गएका हुन् ।

राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री स्पेनको सेभिल्लामा हुन लागेको उक्त सम्मेलनमा सहभागी हुन लागेका हुन् । भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता पनि गर्ने छन् ।

कुल २१ सदस्यीय भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा. स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी छन् । स्पेन र न्युयोर्कबाट आठ थप गरी २९ जना नेपाली प्रतिनिधिमण्डल हुनेछ ।

प्रकाशित मिति : २०८२, १४ असार शनिबार  ८ : ०९ बजे

प्रधानमन्त्री ओलीको दाबी : ‘सरकार भ्रष्टाचारको होइन, नियन्त्रणको पर्याय हो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचारलाई प्रोत्साहन

रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर क्षेत्रमा सुनामीको खतरा

काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्र कमचटका प्रायद्वीपमा आज बिहान

बागमती प्रदेशमा तीन मन्त्री नियुक्त, गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आन्तरिक राजनीतिक संकटको

बागमतीमा एमाले संसदीय दलको बैठक आज बस्दै, सत्ता समीकरणबारे छलफल हुने

हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार नेकपा एमाले बागमती

सफलता प्राप्तिका लागि पाथिभरामाताको दर्शन गर्नुहोस्: विश्वास, श्रद्धा र प्रेरणाको स्रोत

काठमाडौं । नेपालका शक्तिपीठहरूमध्ये अत्यन्तै श्रद्धा र आस्थाको केन्द्र बनेको