२०८२, ४ माघ आईतबार

टेबलटेनिस टोली उज्वेकिस्तान जादैँ

टेबलटेनिस टोली उज्वेकिस्तान जादैँ


काठमाडौं । एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन नेपाली टोली आज उज्वेकिस्तान जादैँछ ।

बुधबार ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको हो । असार १२ देखि १८ गतेसम्म हुने प्रतियोगितामा समान ३÷३ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी पौडेल, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्ने छन् ।

टोली प्रमुखमा ज्याकी महर्जन तथा प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुँवेरप्रकाश सिंहलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२, ११ असार बुधबार  ९ : २७ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ