२०८२, १६ पुस बुधबार

पत्रकार अलिमाथि दुर्व्यवहारप्रति गम्भीर आपत्ति छ : महासचिव लामा

पत्रकार अलिमाथि दुर्व्यवहारप्रति गम्भीर आपत्ति छ : महासचिव लामा


काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बख्तीयार अलिमाथि नेपाल पत्रकार महासंघ सर्लाहीका उपाध्यक्ष वन्दना झाले गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपालको गम्भीर आपति जनाएको छ।

‘स्वास्थ्य कार्यालय सर्लाहीमा अख्तियारको छापा’ शीर्षकको समाचारको विषयलाई लिएर पत्रकार अलिमाथि दुर्व्यवहार गरेकाप्रति प्रेस चौतारीले गम्भीर आपति जनाएको हो। प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार अलिमाथि महासंघ सर्लाहीका उपाध्यक्ष झाले दुर्व्यवहार गरेको थियो।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गराउन ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्नुभएको छ।

प्रेस चौतारी नेपालका महासचिव लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेख्ने र प्रकाशन गर्ने श्रमजीवी पत्रकारको संवैधानिक अधिकारलाई हस्तक्षेप नगर्न पत्रकारलाई निर्वाध समाचार संकलनको वातावरण बनाउन, पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गराउन ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाही गर्न समेत सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ।’

महासचिव लामाले जिम्मेवार व्यक्तिबाटै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताउनुभयो। महासचिव लामाले विज्ञप्तिमा लेख्नुभएको छ, ‘पत्रकार अलिमाथि नेपाल पत्रकार महासंघको जिम्मेवार व्यक्तिबाटै ‘स्वास्थ्य कार्यालय सर्लाहीमा अख्तियारको छापा’ भन्ने समाचार हटाउन दिएको धम्की प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै यस कार्यको घोर निन्दा एवं भत्सना गर्दर्छौं।‘

प्रकाशित मिति : २०८२, १० असार मंगलबार  ९ : १४ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो