२०८३, ९ भाद्र बुधबार

पत्रकार अलिमाथि दुर्व्यवहारप्रति गम्भीर आपत्ति छ : महासचिव लामा

पत्रकार अलिमाथि दुर्व्यवहारप्रति गम्भीर आपत्ति छ : महासचिव लामा


काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बख्तीयार अलिमाथि नेपाल पत्रकार महासंघ सर्लाहीका उपाध्यक्ष वन्दना झाले गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपालको गम्भीर आपति जनाएको छ।

‘स्वास्थ्य कार्यालय सर्लाहीमा अख्तियारको छापा’ शीर्षकको समाचारको विषयलाई लिएर पत्रकार अलिमाथि दुर्व्यवहार गरेकाप्रति प्रेस चौतारीले गम्भीर आपति जनाएको हो। प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार अलिमाथि महासंघ सर्लाहीका उपाध्यक्ष झाले दुर्व्यवहार गरेको थियो।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गराउन ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्नुभएको छ।

प्रेस चौतारी नेपालका महासचिव लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेख्ने र प्रकाशन गर्ने श्रमजीवी पत्रकारको संवैधानिक अधिकारलाई हस्तक्षेप नगर्न पत्रकारलाई निर्वाध समाचार संकलनको वातावरण बनाउन, पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गराउन ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाही गर्न समेत सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ।’

महासचिव लामाले जिम्मेवार व्यक्तिबाटै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताउनुभयो। महासचिव लामाले विज्ञप्तिमा लेख्नुभएको छ, ‘पत्रकार अलिमाथि नेपाल पत्रकार महासंघको जिम्मेवार व्यक्तिबाटै ‘स्वास्थ्य कार्यालय सर्लाहीमा अख्तियारको छापा’ भन्ने समाचार हटाउन दिएको धम्की प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै यस कार्यको घोर निन्दा एवं भत्सना गर्दर्छौं।‘

प्रकाशित मिति : २०८२, १० असार मंगलबार  ९ : १४ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा