२०८३, ११ कार्तिक बुधबार

स्थानीय तह संघीयताको मेरुदण्ड हुन् : मन्त्री राजकुमार गुप्ता

स्थानीय तह संघीयताको मेरुदण्ड हुन् : मन्त्री राजकुमार गुप्ता


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले स्थानीय तहलाई संघीय लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्डको रूपमा परिभाषित गर्नुभएको छ।

नागार्जुन नगरपालिकाको ११ औं नगरसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले स्थानीय तहमार्फत जनतासम्म सेवा, विकास र सुशासन पुर्‍याउन सकिने बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीय सरकारहरू नजिकको सरकार हुन्, ती नै संघीयताको मेरुदण्ड हुन्। जब स्थानीय तह सबल र पारदर्शी हुन्छन्, तब मुलुक समृद्धिको दिशामा अगाडि बढ्छ।”

मन्त्री गुप्ताले नागार्जुन नगरपालिकाले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेटलाई सन्तुलित र समावेशी भन्दै प्रशंसा गर्नुभयो। उहाँले शिक्षामा गुणस्तर वृद्धि, पूर्वाधार विकास, स्वास्थ्य पहुँच, वातावरण संरक्षण तथा सूचना प्रविधिमा नगरपालिकाको प्राथमिकता स्वागतयोग्य भएको बताउनुभयो ।

उहाँले थपे, “नागार्जुन नगरपालिकाले समावेशी विकासको दृष्टिकोण अपनाउँदै सबै वर्ग र समुदायलाई समेट्ने प्रयास गरिरहेको छ, जुन अत्यन्त सराहनीय छ। अन्य पालिकाले पनि यस्तो अभ्यासबाट प्रेरणा लिनुपर्छ ।”

नगरसभामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र विभिन्न निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

सभाको समापनमा नगरप्रमुखले धन्यवाद ज्ञापन गर्दै नगरवासीको विश्वास र सहयोगमा आधारित रहेर आगामी कार्ययोजना कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

११ औं नगरसभाबाट आगामी आर्थिक वर्षमा नगरको विकास योजनालाई थप प्रभावकारी र जनमुखी बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२, १० असार मंगलबार  २ : ३७ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता