२०८३, १८ श्रावण मंगलबार

स्थानीय तह संघीयताको मेरुदण्ड हुन् : मन्त्री राजकुमार गुप्ता

स्थानीय तह संघीयताको मेरुदण्ड हुन् : मन्त्री राजकुमार गुप्ता


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले स्थानीय तहलाई संघीय लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्डको रूपमा परिभाषित गर्नुभएको छ।

नागार्जुन नगरपालिकाको ११ औं नगरसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले स्थानीय तहमार्फत जनतासम्म सेवा, विकास र सुशासन पुर्‍याउन सकिने बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीय सरकारहरू नजिकको सरकार हुन्, ती नै संघीयताको मेरुदण्ड हुन्। जब स्थानीय तह सबल र पारदर्शी हुन्छन्, तब मुलुक समृद्धिको दिशामा अगाडि बढ्छ।”

मन्त्री गुप्ताले नागार्जुन नगरपालिकाले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेटलाई सन्तुलित र समावेशी भन्दै प्रशंसा गर्नुभयो। उहाँले शिक्षामा गुणस्तर वृद्धि, पूर्वाधार विकास, स्वास्थ्य पहुँच, वातावरण संरक्षण तथा सूचना प्रविधिमा नगरपालिकाको प्राथमिकता स्वागतयोग्य भएको बताउनुभयो ।

उहाँले थपे, “नागार्जुन नगरपालिकाले समावेशी विकासको दृष्टिकोण अपनाउँदै सबै वर्ग र समुदायलाई समेट्ने प्रयास गरिरहेको छ, जुन अत्यन्त सराहनीय छ। अन्य पालिकाले पनि यस्तो अभ्यासबाट प्रेरणा लिनुपर्छ ।”

नगरसभामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र विभिन्न निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

सभाको समापनमा नगरप्रमुखले धन्यवाद ज्ञापन गर्दै नगरवासीको विश्वास र सहयोगमा आधारित रहेर आगामी कार्ययोजना कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

११ औं नगरसभाबाट आगामी आर्थिक वर्षमा नगरको विकास योजनालाई थप प्रभावकारी र जनमुखी बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२, १० असार मंगलबार  २ : ३७ बजे

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड

काठमाडौं । तराई–मधेशमा हालै देखिएको सुरक्षा चुनौतीबारे प्रधानमन्त्री बालेन शाह

नेवाः देय दबू कमलामाईको अध्यक्षमा मिनबहादुर

सिन्धुली । नेवाः देय दबू कमलामाई नगर समिति, सिन्धुलीको दोस्रो

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक

काठमाडौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोलाको

प्रतिनिधिसभाका पाँच समितिको बैठक आज, राष्ट्र बैंक ऐनदेखि विशेष सेवा ऐनसम्म छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईका विभिन्न