२०८२, २२ भाद्र आईतबार

मधेश प्रदेशका मुख्यमन्त्री सिंहको छड्के : अवैध असुली भइरहेको ढाटबाट तीन जना पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री सिंहको छड्के : अवैध असुली भइरहेको ढाटबाट तीन जना पक्राउ


जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।

मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरुमाथि तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमनमा निस्किएका हुन् ।

ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडकखण्डका विभिन्न स्थानमा राखिएको अस्थायी ढाट (टोल नाका) मा अवैध असुली भइरहेको पाइएपछि सोही स्थानबाट तीन जनालाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ । मुख्यमन्त्री सिंहले यस्ता गतिविधिमाथि प्रदेश सरकारको शून्य सहनशीलता रहने स्पष्ट पनि पारेका छन् । उनले भने, ‘जनताको गुनासो सुनिन्थ्यो, आज प्रत्यक्ष देखियो । अवैध असुली, बलजफ्ती कर र सीमापार सवारीसाधनमाथिको दुव्र्यवहार अब सह्य हुँदैन ।’

यस्तै, प्रदेश सरकारले यसअघि पनि सीमा नाका, सडकढाट लगायत स्थानहरूमा हुने अवैध कारोबार र असुली नियन्त्रण गर्न विशेष पहल थालेको थियो । सोमबारको अनुगमनलाई कारबाहीको संकेतको रूपमा लिइएको छ ।

पक्राउ परेकाहरूको नाम र विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन । अनुसन्धानपछि थप जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २०८२, १० असार मंगलबार  ८ : १६ बजे

एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीको जवाफपछि प्रतिवेदन पारित गर्ने, आजै समापन 

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज समापन हुँदैछ।

सेजन अध्यक्षमा भागवत भट्टराई र महासचिवमा कमलकुमार बस्नेत निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

नेपालले राष्ट्रिय एआई नीति पारित, प्रविधि विकासमा नयाँ युगको शुरुआत

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८१

निजामती दिवसमा प्रधानमन्त्री ओलीको सन्देश: “सेवा नागरिकसम्म, झन्झट असह्य”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसको अवसरमा