२०८२, १५ कार्तिक शुक्रबार

०४६ साल पछाडि सार्वजनिक पदमा बसेका सबै नेताहरुको सम्पत्ति छानविन गरौं : गगन थापा

०४६ साल पछाडि सार्वजनिक पदमा बसेका सबै नेताहरुको सम्पत्ति छानविन गरौं : गगन थापा


काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले संसदबाटै एउटा शक्तिशाली छानबिन आयोग बनाएर ०४६ साल पछाडि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘जेन जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक छलफल कार्यक्रममा उनले नेपाली काङ्ग्रेसका मान्छेले उक्त आयोगले भनेका कुरालाई केही नभनी मान्छु भनेर एकपटक आँट गर्ने हो भने बल्ल यो जेनेरेशनका मान्छेले काङ्ग्रेसलाई विश्वास गर्ने बताए ।

उनले भने, ‘२०४६ सालको जनआन्दोलन पछि नेपाली काङ्ग्रेस पार्टी सत्तामा आएको हो । सत्तामा आएपछि वडादेखि केन्द्रको सत्तासम्म जस जसले जिम्मेवारी लिएका छौ वा सांसद भएका थियौं, मन्त्री भयौं, वडा अध्यक्ष भयौं, मेयर भयौ उनीहरु सबैका लागि एक शक्तिशाली छानविन आयोग बनाउन लगाऔं । आयोगमा देशले पत्याएको मान्छे छानौ । कुनै पार्टीको भागबन्डा नगरि मान्छे छानौ र त्यो मान्छेलाई ०४६ साल पछाडि काम गरेका, जिम्मेवारीमा बसेका प्रत्येक नेताको सम्पत्ति छानबिन गराउन लगाउ । छानविनको दायरमा जो परेपनि कांग्रेसले चुइक्क विरोध नगरौं । आयोगले जे भन्छ त्यो कुरालाई मानौं । यस्तो कामको आँट गरियो भने मात्र नयाँ जेनेरेशनले कांग्रेसको कुरा सुन्छ ।’

यस्तै, उनले नयाँ पुस्ताहरुमा पार्टीमा भएका नेताहरु चरम भ्रष्ट भएको कारणले देशको अवस्था राम्रो नभएको भन्ने छाप परेको पनि बताए ।

उनले भने, ‘अहिलेका नयाँ उमेर समूहका व्यक्तिलाई के लाग्छ भने नेपाल आजको दिनमा गएगुज्रेको अवस्थामा छ । यो अवस्थामा पु¥याउने काम नेपालका पार्टीहरुले नै गरेका हुन् भन्ने ठानेका छन् । के कारणले यस्तो भएको भन्दा नेताहरु चरम भ्रष्ट भएको कारणले हो भन्ने लागेको छ ।’ नयाँ जेनेरेशजले प्रमाण र यथार्थता खो

प्रकाशित मिति : २०८२, ८ असार आईतबार  ४ : ०५ बजे

ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश

काठमाडौं महानगरपालिकाको आग्रह : फोहोर घर बाहिर ननिकाल्नू

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिएपछि काठमाडौं महानगरपालिकाले

प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङस्थित

फोहोर विसर्जन अवरोध समाधानका लागि सहरी विकास मन्त्रालयमा छलफल

काठमाडौं । बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाइएपछि समस्या समाधानका लागि

रेशम चौधरीको पार्टीले अघि सार्‍यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा

काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले