२०८३, १३ असार आईतबार

०४६ साल पछाडि सार्वजनिक पदमा बसेका सबै नेताहरुको सम्पत्ति छानविन गरौं : गगन थापा

०४६ साल पछाडि सार्वजनिक पदमा बसेका सबै नेताहरुको सम्पत्ति छानविन गरौं : गगन थापा


काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले संसदबाटै एउटा शक्तिशाली छानबिन आयोग बनाएर ०४६ साल पछाडि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘जेन जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक छलफल कार्यक्रममा उनले नेपाली काङ्ग्रेसका मान्छेले उक्त आयोगले भनेका कुरालाई केही नभनी मान्छु भनेर एकपटक आँट गर्ने हो भने बल्ल यो जेनेरेशनका मान्छेले काङ्ग्रेसलाई विश्वास गर्ने बताए ।

उनले भने, ‘२०४६ सालको जनआन्दोलन पछि नेपाली काङ्ग्रेस पार्टी सत्तामा आएको हो । सत्तामा आएपछि वडादेखि केन्द्रको सत्तासम्म जस जसले जिम्मेवारी लिएका छौ वा सांसद भएका थियौं, मन्त्री भयौं, वडा अध्यक्ष भयौं, मेयर भयौ उनीहरु सबैका लागि एक शक्तिशाली छानविन आयोग बनाउन लगाऔं । आयोगमा देशले पत्याएको मान्छे छानौ । कुनै पार्टीको भागबन्डा नगरि मान्छे छानौ र त्यो मान्छेलाई ०४६ साल पछाडि काम गरेका, जिम्मेवारीमा बसेका प्रत्येक नेताको सम्पत्ति छानबिन गराउन लगाउ । छानविनको दायरमा जो परेपनि कांग्रेसले चुइक्क विरोध नगरौं । आयोगले जे भन्छ त्यो कुरालाई मानौं । यस्तो कामको आँट गरियो भने मात्र नयाँ जेनेरेशनले कांग्रेसको कुरा सुन्छ ।’

यस्तै, उनले नयाँ पुस्ताहरुमा पार्टीमा भएका नेताहरु चरम भ्रष्ट भएको कारणले देशको अवस्था राम्रो नभएको भन्ने छाप परेको पनि बताए ।

उनले भने, ‘अहिलेका नयाँ उमेर समूहका व्यक्तिलाई के लाग्छ भने नेपाल आजको दिनमा गएगुज्रेको अवस्थामा छ । यो अवस्थामा पु¥याउने काम नेपालका पार्टीहरुले नै गरेका हुन् भन्ने ठानेका छन् । के कारणले यस्तो भएको भन्दा नेताहरु चरम भ्रष्ट भएको कारणले हो भन्ने लागेको छ ।’ नयाँ जेनेरेशजले प्रमाण र यथार्थता खो

प्रकाशित मिति : २०८२, ८ असार आईतबार  ४ : ०५ बजे

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,