२०८२, ४ माघ आईतबार

प्रथम महानगरस्तीय ‘बडिबिल्डिङ च्याम्पियन’ का विजेतालाई प्रधानमन्त्रीबाट पुरस्कार प्रदान

प्रथम महानगरस्तीय ‘बडिबिल्डिङ च्याम्पियन’ का विजेतालाई प्रधानमन्त्रीबाट पुरस्कार प्रदान


काठमाडौँं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई आज पुरस्कार प्रदान गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिका, वडा नं। २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेडाली कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट रु पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो । नेपाल शाररीक सुगठन तथा फिटनेसको सहकार्यमा भएको कार्यक्रममा पछिल्ला अन्तर्राष्ट्रिय शाररीक सुगठन खेल प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदाताहरुलाईसम्मान गरिएको थियो ।

प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पति रहेकाले शाररीक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने बताउँदै सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएकाले आरोग्यताका लागि सबैले ध्यान दिर्नुुुपर्नेमा जोड दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा जितेर नेपाललाई विश्वमाझ चिनाउने खेलाडीलाई सरकारले नगद पुरस्काकर प्रदान गर्दै आएको स्मरण गराउनुुभयो ।

“दुनियाँमा आज युद्ध भइरहेको छ । एकले अर्को देशमा हमला गरेर, मान्छे मारेर होइन, यस्ता प्रतियोगिता गरेर जितेर मानवीय स्वास्थ्यका लागि काम गर्न सकिन्छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “युद्धको बिभत्स विभिषिका चलेका बेला मानवीय स्वास्थ्य क्षेत्रमा प्रगति भएमा विश्व शान्ति कायम गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८२, ८ असार आईतबार  ३ : ४८ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ