२०८२, २२ चैत्र सोमबार

प्रथम महानगरस्तीय ‘बडिबिल्डिङ च्याम्पियन’ का विजेतालाई प्रधानमन्त्रीबाट पुरस्कार प्रदान

प्रथम महानगरस्तीय ‘बडिबिल्डिङ च्याम्पियन’ का विजेतालाई प्रधानमन्त्रीबाट पुरस्कार प्रदान


काठमाडौँं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई आज पुरस्कार प्रदान गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिका, वडा नं। २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेडाली कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट रु पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो । नेपाल शाररीक सुगठन तथा फिटनेसको सहकार्यमा भएको कार्यक्रममा पछिल्ला अन्तर्राष्ट्रिय शाररीक सुगठन खेल प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदाताहरुलाईसम्मान गरिएको थियो ।

प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पति रहेकाले शाररीक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने बताउँदै सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएकाले आरोग्यताका लागि सबैले ध्यान दिर्नुुुपर्नेमा जोड दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा जितेर नेपाललाई विश्वमाझ चिनाउने खेलाडीलाई सरकारले नगद पुरस्काकर प्रदान गर्दै आएको स्मरण गराउनुुभयो ।

“दुनियाँमा आज युद्ध भइरहेको छ । एकले अर्को देशमा हमला गरेर, मान्छे मारेर होइन, यस्ता प्रतियोगिता गरेर जितेर मानवीय स्वास्थ्यका लागि काम गर्न सकिन्छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “युद्धको बिभत्स विभिषिका चलेका बेला मानवीय स्वास्थ्य क्षेत्रमा प्रगति भएमा विश्व शान्ति कायम गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८२, ८ असार आईतबार  ३ : ४८ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको