२०८२, २९ भाद्र आईतबार

भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याइने तयारी, ठगीमा संलग्न तीन पक्राउ

भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याइने तयारी, ठगीमा संलग्न तीन पक्राउ


काठमाडौं । आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक संभवत मंगलबार नेपाल फर्काउने तयारी गरिएको छ ।

गत विहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती नेपालीहरुको उद्धार गरिएको थियो । निर्देशक जोशीका अनुसार अदालती र प्रशासनीक प्रक्रिया पूरा गरेर उनीहरुलाई सकुशल नेपाल ल्याउने तयारी भइरहेको छ । ‘एक महिनासम्म निरन्तर खटिएर ठूलो हिम्मत र साहसका साथ ३५ नेपालीलाई उद्धार गर्न सक्षम भएका छौं । नेपालीलाई फसाउने गिरोहमध्ये एक नेपाली र दुई भारतीयलाई पक्राउ गरिएको छ र थप अनुसन्धान जारी छ,’ निर्देशक जोशीले भने ।

पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पु¥याई बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो। पीडित मध्येका इलामको महमाइ–८ का सौगात काफ्लेका अनुसार एकजना विरेन्द्र शाही भन्ने ब्यक्तिले आफ्नो अंकलको फेक आइडी बनाएर महिनाको ३८ हजार दिन्छु भनेर काशिपुरमा ल्याएर फसाएको बताए ।

‘मैंले केही थाहा पाइँन मेरो दिनेश अंकलको फेक आइडी बनाएको रहेछ । अंकलले नै भनिसकेपछि राम्रो पैसा कमाइने रहेछ भनेर पैसा बुझाएर आएँ । लगभग चार लाख ऋण नै लाग्यो । विश्वासमा परेर यता आइयो तर फसियो,’ उनले भने,‘यता रहनुभएको अकंलसँग भेट पनि भएन । खानेकुरा पनि सुरुमा चिकम–मटन दिने र राम्रो काम लगाइदिने भनियो । तर विभिन्न वहानामा कोठा थुनेर राखियो । यातना दिइयो । खानेकुरा पनि आलु, बेसार–पानी दिइयो । ज्यादै दुःख पायौं ।’

घटनाको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा दूतावासले उत्तराखण्ड प्रहरीले स्थानीय सामाजिक संस्था केन इन्डियाको सहयोगमा असार ५ गते उनीहरुको उद्धार कार्य सम्पन्न गरेको थियो । केन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरुबाट ४० देखि ७० हजार रुपैंयाँसम्म असुल्ने गरेको बताए । ‘यसरी गलत व्यक्ति र मानव तस्करहरुमार्फत महिनामा ५० जना नेपालीहरु भारतका विभिन्न ठाउँमा पुर्याइने गरेको हामीले पत्ता लगाएका छौं,’ उनले भने । जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बसेर मानव बेचविखनविरुद्धको अभियानमा सक्रिय रहँदै आएका छन् । नेपालका गाउँहरुबाट भारतका विभिन्न शहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका  वा अलपत्र पारिएकाहरुलाई जोशीको नेतृत्वको संस्थाले उद्धार गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०८२, ८ असार आईतबार  १२ : ३५ बजे

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस–२०८२ को अवसरमा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उपदान तथा पेन्सन कोषमार्फत

एसिया कप २०२५: आज भारत र पाकिस्तानबीच प्रतिक्षित भिडन्त

काठमाडौं । क्रिकेट प्रेमीहरूको ध्यान तान्ने एसिया कप २०२५ अन्तर्गत

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी

रेशम चौधरीले छाडे नाउपा,

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी