२०८२, २४ भाद्र मंगलबार

दुखद खबर ! चितवनमा गाडी दुर्घटना : गर्भवती महिला सहित ७ जनाको मृत्यु, १८ जना घाइते

दुखद खबर ! चितवनमा गाडी दुर्घटना : गर्भवती महिला सहित ७ जनाको मृत्यु, १८ जना घाइते


काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा बिहान गाडी दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । अरू १८ जना घाइते भएका छन् ।

धनगढीबाट काँकडभिट्टाका लागि छुटेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढका लागि छुटेको माइक्रो बस एक आपसमा ठोक्किएका चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिनुभयो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोम प्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी, नामथर खुल्न नसकेकी अन्दाजी १८ र १९ र २४ र २५ वर्षीया दुई महिला, २२ र २३ वर्षीय पुरुष, ३० र ३५ वर्षीया गर्भवती र ३५ र ४० वर्षीय पुरुष रहेका छन् ।

प्रकाशित मिति : २०८२, ७ असार शनिबार  १ : १३ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा