२०८२, १४ पुस सोमबार

आज अन्तर्राष्ट्रिय योग दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै

‘योगा फोर वन अर्थ, वन हेल्थ’


काठमाडौं । आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । रेक वर्षको २१ जुनमा विश्व योग दिवस मनाइन्छ ।

यस वर्ष ‘योगा फोर वन अर्थ, वन हेल्थ’ अर्थात ‘सिँगो  पृथ्वी, समग्र स्वास्थ्यको लागि योग’ भन्ने नाराका साथ विश्वभर मनाइँदै छ ।

योग केवल शारीरिक तन्दुरुस्ती वा मानसिक शान्तताको लागि मात्र नभई समग्र जीवनशैली हो । यसले मानव, प्रकृति र सबै जीवित प्रणालीहरू बीच सद्भाव बढाउँछ ।

योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि २०१५ देखि २१ जुनलाई विश्व योग दिवस मनाउन थालिएको हो ।

योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणमा महत्त्व दिने योग गुरुको भनाइ छ ।

नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ ।

प्रकाशित मिति : २०८२, ७ असार शनिबार  १० : ०० बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले