२०८२, १३ श्रावण मंगलबार

आजबाट दीपक मनाङेको संसद पद गयो

आजबाट दीपक मनाङेको संसद पद गयो

उनले अब फेरि चुनाव लड्न नपाउने भएका छन् ।


काठमाडौं: २०७९ सालको निर्वाचनमा दीपक मनाङे उर्फ राजीवले जितेको मनाङको प्रदेश ‘ख’ रिक्त भएको छ । आज सर्वोच्च अदालतको संवैधानिक इजलासले सो निर्णय लिएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरु सपना मल्ल प्रधान, हरि फुयाल, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासले गरेको निर्णयसँगै सो मनाङ ‘ख’ मा उपचुनाव गर्न बाटो खुलेको छ ।

दीपक मनाङ चुनावका लड्नका लागि नै अयोग्य रहेको भनेर पहिल्यै रिट दर्ता भएको थियो । आज सर्वोच्चको संवैधानिक इजलासले आजको मितिबाट उनी पदमुक्त भएको निर्णय गरेको हो । हाल थुनामा रहेका उनी निलम्बनको अवस्थामा थिए । उनले अब फेरि चुनाव लड्न नपाउने भएका छन् ।

२०८१ कात्तिक २० गते सर्वोच्च अदालतले २०६१ को चक्रे मिलनमाथिको आक्रमणको मुद्दामा उनालाई ५ वर्ष कैद सजाय सुनाएको थियो । सोपश्चात मंसिर २ गते काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको थियो ।

प्रकाशित मिति : २०८२, ४ असार बुधबार  ९ : १५ बजे

संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत आज पाँच समितिको बैठक बस्दै

आज नाग पञ्चमीका दिन नाग टाँस्न शुभ समयको जानकारी

काठमाडौ । आजको दिन श्रावण शुक्ल पञ्चमी परेको छ, जुन

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी

टोरण्टो । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता, उद्धार कार्य जारी

रसुवा । नेपालकै एक प्रमुख तीर्थस्थल गोसाइँकुण्डमा आइतबार स्नान गर्ने