२०८२, १८ मंसिर बिहीबार

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी


काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले षडयन्त्रपूर्वक आफ्नो राजनीतिक चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूविरुद्ध उठाइएका आरोपहरू नियोजित ढंगले राजनीतिक प्रतिशोध स्वरूप ल्याइएका दाबी गरेका हुन् ।

उनले भने, ‘म चुनौति दिएर माननीय सदस्यहरूलाई आग्रह गर्न चाहन्छु, तपाईंहरू नैतिकताको प्रश्न उठाउँदै हुनुहुन्छ भने तपाईंहरूसँग नैतिक बल छ भने हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएका विदेशी नागरिकबारे किन प्रश्न उठाउनु भएन ? म नभएको बेला गएका हुन् ? । त्यसकारण म आग्रह गर्न चाहन्छु, यो नियोजित ढंगले, षडयन्त्रपूर्वक मेरो राजनीतिक चरित्र हत्या गर्न र राजनीतिक प्रतिशोध पूरा गर्न उठाइएको विषय हो ।’

लेखकले यस्ता खालका ‘निकृष्ट राजनीतिक प्रवृत्ति’ बन्द गर्न विपक्षी दलहरूप्रति आग्रह समेत गरे ।  ‘तपाईंहरूका यस्ता चाहनाहरू बन्द गर्नुस्, म यो आग्रह गर्न चाहन्छु ।’

प्रकाशित मिति : २०८२, ३० जेष्ठ शुक्रबार  ६ : ५९ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको