२०८३, १३ कार्तिक शुक्रबार

प्रतिनिधिसभाबाट असार १५ भित्रै शिक्षा विधेयक पारित हुन्छ : गृहमन्त्री लेखक

प्रतिनिधिसभाबाट असार १५ भित्रै शिक्षा विधेयक पारित हुन्छ : गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति बमोजिम विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन् । नेपाल शिक्षक संघको २४ औं संघीय कार्यसमिति बैठकको उद्घान समारोहमा गृहमन्त्री लेखकले आगामी असार १५ गतेभित्र प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘असारको १५ गतेभित्र शिक्षा विधेयकलाई पारित गर्ने भनेका छौँ । यो तिथि मितिमा सरकारले प्रतिबद्धता गरेको हो । असार १५ गते नै प्रतिनिधिसभाबाट पारित हुन सक्ने अवस्था बन्छ,’ उनले भने । केही विपक्षी दलका मानिसहरुले औचित्यहीन मुद्दा उठाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहेको भन्दै गृहमन्त्री लेखकले रोष प्रकट गरे ।

‘संसद अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन । कुनै अर्थ छैन । कुनै औचित्य छैन । केही प्रतिपक्ष दलमा रहेका मानिसहरू षड्यन्त्रपूर्ण ढंगले राजनीतिक आग्रह र पूर्वाग्रह राखेर मुद्दा उठाइराख्नु भएको छ,’ उनले भने, ‘यो सबैका बिचमा देखिएको छ । एउटा कर्मचारीमाथि भइरहेको छ । त्यसलाई सरकारसँग जोडेर अनावश्यक ढंगले बखेडा झिकेर संसद अवरुद्ध गरिएको छ । यो अवरोध चाँडै हट्नुपर्छ ।’ संसदको अवरोध हटिसकेपछि असार १५ गतेभित्र शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गरेर अगाडि बढाउने गृहमन्त्री लेखकले विश्वास दिलाए ।

प्रकाशित मिति : २०८२, २९ जेष्ठ बिहीबार  ६ : २५ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित