२०८३, ३१ श्रावण सोमबार

प्रतिनिधिसभाबाट असार १५ भित्रै शिक्षा विधेयक पारित हुन्छ : गृहमन्त्री लेखक

प्रतिनिधिसभाबाट असार १५ भित्रै शिक्षा विधेयक पारित हुन्छ : गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति बमोजिम विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन् । नेपाल शिक्षक संघको २४ औं संघीय कार्यसमिति बैठकको उद्घान समारोहमा गृहमन्त्री लेखकले आगामी असार १५ गतेभित्र प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘असारको १५ गतेभित्र शिक्षा विधेयकलाई पारित गर्ने भनेका छौँ । यो तिथि मितिमा सरकारले प्रतिबद्धता गरेको हो । असार १५ गते नै प्रतिनिधिसभाबाट पारित हुन सक्ने अवस्था बन्छ,’ उनले भने । केही विपक्षी दलका मानिसहरुले औचित्यहीन मुद्दा उठाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहेको भन्दै गृहमन्त्री लेखकले रोष प्रकट गरे ।

‘संसद अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन । कुनै अर्थ छैन । कुनै औचित्य छैन । केही प्रतिपक्ष दलमा रहेका मानिसहरू षड्यन्त्रपूर्ण ढंगले राजनीतिक आग्रह र पूर्वाग्रह राखेर मुद्दा उठाइराख्नु भएको छ,’ उनले भने, ‘यो सबैका बिचमा देखिएको छ । एउटा कर्मचारीमाथि भइरहेको छ । त्यसलाई सरकारसँग जोडेर अनावश्यक ढंगले बखेडा झिकेर संसद अवरुद्ध गरिएको छ । यो अवरोध चाँडै हट्नुपर्छ ।’ संसदको अवरोध हटिसकेपछि असार १५ गतेभित्र शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गरेर अगाडि बढाउने गृहमन्त्री लेखकले विश्वास दिलाए ।

प्रकाशित मिति : २०८२, २९ जेष्ठ बिहीबार  ६ : २५ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा